नाम मात्रको यातायात व्यवस्था कार्यालय
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार २०:१२:४७
१६ फागुन,डोटी । जिल्लाको दिपायलस्थित राजपुरमा स्थापना गरिएको यातायात व्यवस्था कार्यालय भने वर्षैदेखि सुनसान अवस्थामा रहेको छ । लक्ष्य अनुसारको सेवा प्रवाह तथा कर्मचारी नभएका कारण उक्त कार्यालय स्थापना कालदेखि नै प्रायः सुनसान बन्दै आएको हो । दिपायल सिलगढी नगरपालिका–४ रापजुरमा स्थापना गरिएको उक्त कार्यालय कर्मचारी अभावमा सुनसान जस्तै बनेको छ ।
कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्णरूपमा कार्यालयको सेवा सञ्चालन हुन नसकेको भन्दै स्थानीयवासी तथा सेवाग्राही आक्रोश बन्दै गएका छन् । उक्त कार्यालयमा हालसम्म पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । आठौँ तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचनाअनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन् । संरचनाअनुसार आठौँ तहको कार्यालय प्रमुख, छैटौँ तहको अधिकृत एक, पाँचौँ तह एक, चौथो तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कूल सात जनाको दरबन्दी रहने कार्यालयमा हाल छैटौँ तहको अधिकृत एक, सहायक पाँचौँ एक, चौथो तह एक र कार्यालय सहयोगी एक गरी जम्मा चार जनामात्रै कर्मचारी रहेको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए ।
उनले भने, “हामीसँग आवश्यक पर्ने प्राविधिक कर्मचारी छैनन्, प्राविधिक कर्मचारी नहुँदा कसरी कार्यालयले सेवा प्रदान गर्न सक्नु ।” यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले सेवा लिन कैलाली जानुपर्ने बाध्यता कायमै रहेको शैलेश्वरी यातायात प्रालीको कार्यालय प्रमुख प्रेम रावल बताउछन् ।
उनले भने, “दिपायलमा यातायातका कामका सबै सुविधा दिने भनेर अछाम, बाजुरासहित लक्षित गरेर कार्यालय खोलियो तर कर्मचारी पठाएन, हामीले सामान्य कामका लागि पनि कैलाली धाउनु परेको छ, यस्तो नामको कार्यालय खोलेर के काम ।” यातयात व्यवसायीलाई सेवा दिने भन्दै कार्यालय खोलिएको तर गाडीको कागजात रिन्युदेखि अन्य सामान्य काम गर्न पनि कैलाली जानुपर्ने अवस्था आएपछि यातायात व्यवसायी आक्रोसित बनेका हुन् । सवारी दर्ता नवीकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नवीकरण गर्न, बाटो इजाजतपत्र जारी र नवीकरण गर्न, यातायात सेवापञ्जीकृत, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायतका कार्य गर्नका लागि स्थापना गरिएको भए पनि हालसम्म कार्यालयले चालक अनुमतिपत्र नवीकरण, बाटो इजाजत नवीकरण, पट्के बाटो इजाजत, पञ्जीकरणको काम पनि शुरु गरेको छैन ।
कार्यालय खोलिए पनि यातायात सेवा कार्यालयबाट प्रदान हुने सेवा लिन सेवाग्राहीले कैलाली जिल्ला जानुपर्ने बाध्यता यथावत् रहँदै आएपछि उक्त कार्यालय पनि अन्तै सानुपर्ने स्थानीयवासीको माग रहेको छ । त्यस्तै सवारी चालक अनुमतिपत्रका लागि लिइने सीप परीक्षण गर्न र निर्माण गर्न लागिएको ट्रायल सेन्टर निर्माणको काम पनि हालसम्म अधुरै रहेको छ । विसं २०७७ जेठ मसान्तसम्म निर्माण भइसक्ने र असारदेखि सवारी चालक अनुमतिपत्र वितरण गर्ने भन्ने लक्ष्यका साथ निर्माण कार्य भएको सेन्टर तोकिएको समयभन्दा आठ महिना बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
कूल रु २७ लाख ८१ हजारको लागतमा दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण गर्न लागिएको ट्रायल सेन्टरको गत वर्षको चैत महिनामा तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका थिए । निर्माण कार्य अधुरै राखिएपछि अहिले उक्त ट्रायल सेन्टर स साना बालबालिकाको क्रिकेट खेल्ने खेल मैदानका रुपमा चिनिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार