ओलीको भविश्य कांग्रेसको हातमा
कुसुम सेञ्चुरी
फागुन १६, २०७७ आइतबार २१:५४:१६
१६ फागुन, काठमाडौं । नेपालको राजनीतिले अब लिने बाटो कस्तो होला भन्नेमा फेरि अन्योल देखापरेको छ । खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अलमल र अनिर्णयले धेरै पक्षलाई प्रभावित पारेको आरोप लाग्ने गरेको छ ।
प्रतिपक्षी दल भएरपनि सत्ता पक्षसँग साँठगाँठ गरेको आरोप कांग्रेस संस्थापन पक्षले खेप्नुपरेको छ । सर्सर्ती हेर्दा यो आरोप जायज छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भन्दा खड्गप्रसाद ओलीलाई अली पत्याउनुको आफ्नै कारण र कथा रहेको छ ।
हुन पनि अवस्था त्यस्तै देखियो । पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनकै पार्टीको बहुमत पक्ष विरोधमा उभियो । प्रतिपक्षी नेपाली कांग्रेसलगायत जनता समाजवादी पार्टीले समेत ओलीको कदमलाई असंवैधानिक र अप्रजातान्त्रिक भनेर सडक आन्दोलन नै गरे । प्रचण्ड–माधव समूहले ओलीविरुद्ध संयुक्त आन्दोनल गर्न लाख प्रयास गर्दासमेत देउवाले चासो दिएनन् ।
विगतमा प्रचण्डको विश्वासमा पर्दा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो क्षति ब्यहोर्नुपरको उनले विर्सेका छैनन् । स्थानीय चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर पाएको भन्दा गुमाएको धेरै थियो कांग्रेसका लागि । प्रचण्डसँग गठबन्धन गर्दा देउवाले ठूलो जोखिम मोलेकै हुन् ।
यद्यपि पार्टी भित्रको तीब्र दवाबले सरकारविरुद्ध सांकेतिक रुपमै भएपनि आन्दोलन चाहिं गरे । तर मनबाट होइन । यसको खास कारण थियो र अहिले पनि कायमै छ । त्यसबेला कांग्रेस संयुक्त आन्दोलनमा सहभागी भएको थियो भने ओली सरकार सडकबाटै विस्थापित हुन सक्थ्यो । तर देउवाले त्यसो गर्न उचित ठानेनन् ।
यसैबाट प्रष्ट हुन्छ की देउवाको मन प्रचण्ड भन्दा ओलीप्रति अलि नरम छ । किन त ? धेरैले अचम्म मान्छन् । प्रमुख प्रतिपक्षी भएर पनि सत्ता पक्षसँग नरम ? प्रश्न स्वभाविक हो । यसको कारण देउवाले सार्वजनिक रुपमा कहेका छैनन् । तर निकटवर्तीहरुसँग भने उनी खुलेरै भन्छन्–आज कांग्रेसको यो गति हुनुका पछाडि उनै प्रचण्ड कारक हुन् । विगतमा प्रचण्डको विश्वासमा पर्दा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो क्षति ब्यहोर्नुपरको उनले विर्सेका छैनन् । स्थानीय चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर पाएको भन्दा गुमाएको धेरै थियो कांग्रेसका लागि । प्रचण्डसँग गठबन्धन गर्दा देउवाले ठूलो जोखिम मोलेकै हुन् ।
फागुन २३ गते संसद अधिवेशन आह्वान भएको छ । स्वभाविक रुपमा त्यस दिन ओली सरकारको औचित्यमाथि प्रश्न उठ्ला नै । तर ओली सरकार हटाउने संसदीय अभ्यास भने कसरी थालनी होला, त्यो अन्योल कायमै छ । अब ओली सरकारविरुद्धको अविश्वास प्रस्ताव कसरी र कुन प्रकृयाबाट अगाडि बढ्ने हो ? भन्ने एकिन भइसकेकाे छैन् ।
पार्टी भित्र चर्काे विरोध हुँदासमेत उनले सुनेनन् । तर तिनै प्रचण्डले संघ र प्रदेशसभाको चुनावमा देउवालाई धोका दिए । उनले ओलीसँग गठबन्धन बनाए । त्यसको मार कांग्रेसलाई प¥यो । त्यसैको रिस यतिबेला देउवाले फेरेका छन् । प्रचण्ड निजी स्वार्थमा चल्ने राजनीतिककर्मी भएको निश्कर्ष देउवाको मात्र नभई धेरैको हो । तैपनि समय, काल, परिस्थितिसमेत विचार गरेर चल्नु चाहिं बुद्धिमत्ता हो भन्ने पक्षलाई राजनीतिकर्मीले मानेका हुन्छन् । तर देउवा भने सकेसम्म त्यो छुट र सुविधा प्रचण्डलाई दिने पक्षमा देखिएका छैनन् । फलस्वरुप ओली नजानेर वा नचाहेर पनि बलियो बन्दैछन् ।
अहिले पनि ओली नै कानूनी दाउपेच चलाएर सत्ता लम्ब्याउन उद्यत् छन् । तर कांग्रेस सभापति विभिन्न वाहानमा मौन छन् । ओलीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षले पहल गरेका छैनन् । यसका आफ्नै राजनीतिक कारण होला । तर लाभ भने फेरि पनि ओलीलाई नै पुगेको छ ।
फागुन २३ गते संसद अधिवेशन आह्वान भएको छ । स्वभाविक रुपमा त्यस दिन ओली सरकारको औचित्यमाथि प्रश्न उठ्ला नै । तर ओली सरकार हटाउने संसदीय अभ्यास भने कसरी थालनी होला, त्यो अन्योल कायमै छ । अब ओली सरकारविरुद्धको अविश्वास प्रस्ताव कसरी र कुन प्रकृयाबाट अगाडि बढ्ने हो ? भन्ने एकिन भइसकेकाे छैन् ।
प्रचण्ड – माधव पक्षले नै यसको पहल गर्ने कि प्रतिपक्षीले ? त्यो पनि प्रष्ट छैन् । कदाचित अविश्वास प्रस्ताव पारित भएन भने के होला ? कतै फेरि पनि देश विघटनकै दिशातिर अग्रसर भएको त होइन ? यस्ता कैयन प्रश्न अनुत्तरित नै छन् । त्यसको सबै जवाफ नेपाली कांग्रेसको निर्णयले मात्रै दिन सक्छ । अर्थात कांग्रेस जसरी अगाडि बढ्छ, देशको राजनीतिले त्यही दिशा लिने लगभग निश्चित भएको छ । चुनाव कि वैकल्पिक सरकार त्यसको छिनोफानो अब कांग्रेसको निर्णयबाट मात्रै हुने प्रष्ट छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार