शनिबार , जेठ १, २०७८

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरित भएकाेमा बार एसोसिएशनकाे आपत्ति

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरित भएकाेमा बार एसोसिएशनकाे आपत्ति

१६ फागुन, काठमाडौं । संसदीय सुनुवाई बिना गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिले संविधानको खिल्ली उडाएको भन्दै नेपाल बार एसोसिएशनले आपत्ति जनाएको छ ।  नेपाल बारको आज बसेको वाषिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषद बैठकले यस्तो आपत्ति जनाएको हो ।

परिषदले जारी गरेको विज्ञप्तिमा भनिएको छ– संविधानको धारा २९२ मा संवैधानिक निकायका पदाधिकारी हुनुपूर्व संसदीय सुनुवाई हुनुपर्ने व्यवस्था गरिएकोमा त्यसविपरित गरिएका नियुक्ति संविधानको अक्षर र भावना विपरित रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तो कार्यको घोर भत्र्सना गर्दै विज्ञप्तिमा अब विगतमा भएको गल्ती सुधार गर्न अपिल गरिएको छ । गएको मंसिर ३० गते सरकारले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको थियो ।

साथै, पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नियुक्त पदाधिकारीको संसदीय सुनुवाई नै नगरी शपथ गराइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ६ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु १७ घण्टा पहिले
चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण १४ घण्टा पहिले
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक १४ घण्टा पहिले
हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा ८ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १६ घण्टा पहिले
सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह ६ घण्टा पहिले
पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद १० घण्टा पहिले