शनिबार , जेठ १, २०७८

नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ?

नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ?

१६ फागुन, काठमाडौं । नेप्सेमा फराकिलो अंकले गिरावट आउन थालेपछि शेयरबजारकाे करेक्सन हो कि वेयरिस ट्रेण्डको सुरुवात हो भन्ने प्रश्न आम लगानीकर्तामा उब्जिएको छ ? धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ७९.७४ अङ्कले घटेको छ ।

लगातार उच्च अंकले बढ्दै नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसुचक घटेर २४७४.३९ बिन्दुमा ओर्लेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आज ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आज नेप्से तीन प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कूल २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर रु आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ मूल्यमा खरीद बिक्री भए ।

लगातार बजार ओरालो लाग्दा कूल बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । झण्डै एक सातामा रु दुई खर्ब बढीले बजार पूँजीकरण ओर्लिएको छ । नेप्सेको आजको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख १० हजार बराबर पुगेको छ ।

sub index copy

नेप्सेले आजदेखि १३ उपसमूह कायम गरेर कारोवार गरेको छ । तीमध्ये आज होटल एण्ड टुरिज्म उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल एण्ड टुरिज्ममा ११.०८ विन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ बराबरको कारोवार भयो । यस्तै, पूर्वाधार बैंक रु ६३ करोड ४९ लाख ५५ हजार ४६०, ग्लोबल आइएमई बैंक रु ३४ करोड ७५ हजार २४५, नेपाल पुनरबीमा कम्पनी रु २८ करोड ६१ लाख ३९ हजार ७९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ७२ लाख ७१ हजार १७४, एनआइसी एशिया बैंक रु २४ करोड ६० लाख नौ हजार ५४५, नबिल बैंक रु २२ करोड ९४ लाख ५८ हजार ६६६, नेपाल बैंक रु २२ करोड ८५ लाख ७४ हजार ६३९, नेको इन्स्योरेन्स रु २२ करोड ६९ लाख ९४ हजार ३०२ र प्रभु बैंक रु १९ करोड ८१ लाख ९४ हजार ७५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

top turnover 1

 

कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । यस्तै सिटिजन म्युचुअल फण्ड २.८४, शिखर इन्स्योरेन्स २.८०, एनआइसी एशिया डिवेञ्चर १.७१, एनआइसी एशिया विडेञ्चर २०८१/८२ का लगानीकर्ताले १.५० प्रतिशतले आर्जन गर्दा एनएलजी इन्स्योरेन्स ०.९९ र प्रभु बैंकको डिवेञ्चरमा लगानी गर्नेले ०.९५ प्रतिशतले कमाए ।

Top gainer

त्यस्तै, गणपति माइक्रोफाइनान्स ७, नेपाल फाइनान्स ६.७४, पूर्वाधार बैंक ६.४५, नेपाल हाइड्रो डेभलपर ६.१३, अपि पावर कम्पनी ६.११, बरुण हाइड्रोपावर ५.९६, लिवर्टी इनर्जी ५.९३, रिडी हाइड्रोपावर ५.८८, नेशनल हाइड्रोपावर ५.७० र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले ५.६७ प्रतिशतले गुमाएका छन् ।

loser

के भन्छन् त शेयरका खेलाडीहरु ?
लामो समयदेखि बजारमा शेयर किनबेचको अनुभव भएका केही मानिसहरुले बजारको गिरावटलाई अल्पकालिन करेक्सन मानेका छन् ।केहीले भने बजार घटेर २३०० भन्दा तल आउने ठोकुवा गरिरहेका छन् ।

आखिर जे भनिएता पनि अहिले तरलता अभावको हल्ला र राजनीतिक खिचातानीलाई  बजार घट्नुको कारणका रुपमा लिइएको छ । बढ्दो बजारमा अकस्मात गिरावट आउनु अन्य कुनै ठुलो र दुरगामी प्रभाव नभएको कारण एकपटक फेरि बजारले बुल ट्रेण्ड समाउने अनुमान गरिएको छ ।

सामाजिक संजालमा लेख्दै नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अम्बिकाप्रसाद पौडेलले भनेका छन् ‘पुँजीबजारमा धैर्यता गुमायौं भने सँगै ठुलो धन पनि गुमाउँछौं । गन्तव्य धेरै माथी छ । धैर्य लगानीकर्ता बनौं । आगोमा राप र शेयरबजारमा ताप (तनाव) सधैं रहन्छ । यसलाई स्वीकार गरी अघि बढौं ।’

केही लगानीकर्ताहरु वामपन्थी सत्ता बाहिरिँदै लोकतान्त्रिक शक्तिको हातमा मुलुकको राजनीति अगाडि बढ्नु, कोरोना भ्याक्सिन लगाउने कामले तिब्रता पाउनु, मुलुकमा अर्थतन्त्र चलायमान हुँदै लगानीका अवसरहरु बढ्नु जस्ता कारण बजार केही समयको करेक्सनपछि बुल ट्रन्डमा नै जाने अनुमान गरिरहेका छन् ।

आईपीओ तथा सेकेन्डरी कारोबारमा धितोपत्र बोर्ड लगायत नेप्से तथा राष्ट्र बैंकले पछिल्ला समय गरिरहेका काम र लिएका नीतिहरुले बजारलाई बेयरिस भन्दा पनि बुल ट्रेण्डमा जान नै बल गरिरहेका कारण आत्तिएर घाटाखाँदै शेयर बेच्न नहुने अनुभवी र बजारमा लगानी गरिरहेका लगानीकर्ताको भनाइ रहेको छ ।

जसरी बजार बढ्दा सामान्य प्रक्रिया मानेर हाैसिएर बजारमा लगानी गर्छाैं त्यसै गरी बजार घट्नासाथ हतारिएर शेयर बेच्नु हुँदैन । बजार घट्नु र बढ्नु भनेकाे सामान्य कुरा हाे । बजार घटेपनि या बढे पनि लगानी गरिएकाे संस्थाले थाेरबहुत नाफा वितरणा गरिरहेकाे नै हुन्छ । दीर्घकालीन लगानीकाे साेचले बजार पसेपछि बजार घट्याे भनेर शेयर बच्न थाल्नु हुँदैन ।

आज बजारमा जुन अनुपातमा परिसुचक घटेको छ सोही अनुपातमा कारोबार पनि घटेको छ । यदि नेप्से घटेको र कारोबार बढेको भए त्यस कुरालाई असामान्य र बजार घट्न लागेका संकेतका रुपमा लिन सकिन्थ्यो, तर त्यस्तो देखिएको छैन । त्यसकारण आफुसँग भएको शेयर हत्तारिएर बेच्नुपर्ने अवस्था नआएको बजार विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोनाबाट गण्डकीमा एकैदिन ११ जनाको मृत्यु कोरोनाबाट गण्डकीमा एकैदिन ११ जनाको मृत्यु ६ दिन पहिले
ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक ३ दिन पहिले
चैत मसान्तमा मुनाफा घटेका तीन बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? चैत मसान्तमा मुनाफा घटेका तीन बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? ३ दिन पहिले
मनमोहन मेमोरियलमा पनि नयाँ बिरामी भर्ना बन्द मनमोहन मेमोरियलमा पनि नयाँ बिरामी भर्ना बन्द ३ दिन पहिले
ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदै ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदै ४ दिन पहिले
हुण्डी कारोबार गरेको आरोपमा ८२ लाखसहित ४ जना पक्राउ हुण्डी कारोबार गरेको आरोपमा ८२ लाखसहित ४ जना पक्राउ ३ दिन पहिले
बिशाल बजारसहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि, कति पग्यो शेयरमूल्य ? बिशाल बजारसहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि, कति पग्यो शेयरमूल्य ? ३ दिन पहिले
साहित्यकार जीवनचन्द्रको निधनले डा.शेखर दुःखी साहित्यकार जीवनचन्द्रको निधनले डा.शेखर दुःखी २ दिन पहिले