शनिबार , जेठ १, २०७८

भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर नभएको चिकित्सकको निष्कर्ष

भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर नभएको चिकित्सकको निष्कर्ष

१७ फागुन,काठमाडौं । दिल्ली उपचारका लागि गएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष  डा . बाबुराम भट्टराई लाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । यो संगै भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन् ।

भट्टराई मंगलबार नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कन लागेका हुन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।भट्टराईले दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराइरहेका थिए । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय