शनिबार , जेठ १, २०७८

सिन्धु विकास बैंकले डाक्यो चैत ९ गते साधारण सभा

सिन्धु विकास बैंकले डाक्यो चैत ९ गते साधारण सभा

१७ फागुन काठमाडौं । सिन्धु विकास बैंकले चैत ९ गते ११औं वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको फागुन १६ गतेको सञ्चालक समितिको बैठकले आगन्तुक रिसोर्ट बनेपा, काभ्रेमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको असरलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसवर्ष कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीले गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षकको नियुक्त लगाएतका विषय सभामार्फत पारित गर्नेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रिया गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

गत वर्ष ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

बुक क्लोजको अघिल्लो कारोबार दिन महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन २६ गतेसम्म शेयर कायम गर्नुपरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय