व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार १७:२८:४९
१७ फागुन,चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिइएको हो ।
स्वदेशमा उत्पादित सामग्रीलाई विदेशमा निर्यात गर्न सहज होस् भन्ने उद्देश्यका साथ सरकारले पोर्टल सञ्चालन गर्न लागेको केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोगलले जानकारी दिए ।
स्वदेशी उत्पादनका सामग्रीको जानकारी रहने सो पोर्टलमा वार्षिकरुपमा हुँदै आएको व्यापार घाटालगायतका विषयमा जानकारी लिन सकिने छ ।
यसमा निर्यातका लागि आवश्यक जानकारीसहित उद्योग दर्ता र लगानीका विषयमा समेत जानकारी दिइने छ । पहिलोपटक चितवनबाट यसको जानकारी दिन थालिएको छ ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादित सामग्री विदेशी बजारमा निर्यात गर्न नसक्दा व्यापार घाटा बढेकाले सरकारले यो अनलाइन सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।
उद्योग सङ्घका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रदेश नम्बर २ का अध्यक्ष नरेश दास, चेम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य सङ्घ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शङ्कर गिरी, उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले यस अनलाइनले आयातलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादनको बजार प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार