मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार १७:२३:५
१७ फागुन,मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो ।
नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सीमित जनशक्ति, भौगालिक विकटता अत्यधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटकपटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताए । उनका अनुसार जिल्लामा कार्यालय स्थापना भएको १८ महीनामा नै केन्द्रीय प्रसारण जडान जडान हुन सकेको छ ।
दशकौँदेखि लघुजलविद्युत्को भरमा दैनिकी चलाउँदै आएका मनाङवासीले केन्द्रीय लाइनको विस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउछन् । उनका अनुसार यो केन्द्रीय प्रशारण लाइन लमजुङको उदीपुर सब–इस्टेसनबाट राँधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका–१ स्यार्कुको सबस्टेसनमा जोडिएको हो ।
विसं २०५१ देखि यस जिल्लालाई केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि राजनीतिक उतारचडाव, भौगोलिक विकटता, आवश्यक सामग्रीको अभावका कारण अधुरो रहेको थियो । तत्कालीन समयमा यस जिल्लाबाट मन्त्री समेत भएका पाल्तेन गुरुङले जिल्लालाई सडक र विद्युत्को पहुँच पु¥याउन आफूले शुुरुआत गरेको र आज आफ्नो सपना पूरा भएको बताए । सडकले २०५९ सालमा मनाङ जोडियो र अहिले विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेपछि जिल्लाको विकास निर्माणले गति लिएकामा उनी खुशी व्यक्त गर्छन् ।
साबिकको लघु जलविद्युत्को भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र होइन, उद्योगी व्यापारी समेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् । लघु जलविद्युत्का कारण सरकारी कार्यालय, वित्तीय सङ्घसस्थाले दैनिक कामकाजमा हैरानी खेप्नु परेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछाने बताउछन् । अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रशारण लाइन फलदायी हुने उनको भनाइ छ ।
लघुजलविद्युत्मा मागअनुसार विद्युतीय प्रवाह हुन नसक्दा आवश्यक उपकरणको प्रयोग गर्न कठिन भएको मनाङ एग्रो प्रालिका सञ्चालक समराज गुरुङले बताए । उनी अब केन्द्रीय प्रशारण जडानपछि आफ्नो उद्योग सञ्चालनमा आउने बताउछन् । उनका अनुसार यस कम्पनीबाट उत्पादन हुँदै आएका स्याउ भण्डारणदेखि बेमौसममा उपायोग गर्नका लागि भएका उपकरण सञ्चालनमा आउन सकेका थिएनन् । अब यस उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेमा उनी विश्वस्त छन् ।
यस्तै पर्यटन व्यवसायीले समेत आवश्यक मात्रामा विद्युत् आपूर्ति नभएका कारण पर्यटकका सामान्य आवश्यकता समेत पूरा गर्न कठिन भएको अवस्थामा केन्द्रीय प्रशारण लाइन जोडिएसँगै अवका दिनमा सबै समस्याको समाधान हुने बताएका छन् । विद्युत्को लोर्ड नपुग्दा सामान्य कफी मेसिन समेत सञ्चालन गर्न नसकेर दाउराको भरमा काम चलाउनु परेको दुखेसो होटल व्यवसायीको थियो ।
अहिले नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा धमाधम मिटर वितरणसँगै मिटर जडानको काम थालेको छ । सरकारी कार्यलय, अस्पताल, विद्यालय र गाउँपालिकाका कार्यालयलगायत औद्योगिक क्षेत्रमा मिटर जडान भइसकेको वितरण केन्द्रले जनाएको छ । हाल यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रशारण लाइन जडान गरिसकेको छ भने माथिल्लो मनाङ, खाङ्सार, तिलिचो बेसक्याम्प र थारोङ्ला हाइक्याम्पसम्म पोल गाड्ने काम पूरा भएको छ । वितरण केन्द्रका अनुसार यो वर्ष जिल्लाका अन्य भागमा समेत विद्युत् प्रशारण गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार