सिटिजन्स बैंकका डीसीईओ देवकोटाले दिए राजीनामा
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २०:५४:५९
१७ फागुन, काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीईओ बोधराज देवकोटाले राजीनामा दिएका छन् । चैत १ गतेदेखि लागू हुनेगरी देवकोटाले राजीनामा दिएका हुन् ।
२०७६ साल बैशाख १ गते देखि सिटिजन्स बैंकको डेपुटी सीईओ बनेका देवकोटाले नितान्त व्यक्तिगत कारण राजीनामा दिएको बताएका छन् । आफू भविश्यमा पनि नेपालको बैकिङ क्षेत्रमै रहने उनले जानकारी दिएका छन् ।
सञ्चालक समिति खासगरी अध्यक्ष राजनसिंह भण्डारीसँग मनमुटाव बढेपछि उनले राजीनामा दिएको चर्चा बैकिङ क्षेत्रमा चले पनि त्यसलाई उनले अस्वीकार गरेका छन् ।
उनी यसअघि सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । देवकोटाले सो बैंकमा स्थापनादेखि विभिन्न पदमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेका थिए ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचय बनाएका देवकोटाले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।
उनीसँग बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव छ । सिटिजन्स बैंक आउनुभन्दा पहिले नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहेर काम गरेको अनुभव उनीसँग छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार