शनिबार , जेठ १, २०७८

नाइजेरियामा बन्दुकधारीले गरे सात जनाको हत्या

नाइजेरियामा बन्दुकधारीले गरे सात जनाको हत्या

१७ फागुन, अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् ।

कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताए ।

नाइजेरियाको उत्तरी भूभागमा वर्षौंदेखि हत्या, लुटपाट, अपहरण र अन्य फौजदार अपराधका घटनाहरु भइरहेका छन् । सरकारले उत्तरी नाइजेरियाका गाउँमा हुने यी घटना रोक्न ठूलो संख्यामा सैनिक परिचालन गरेपनि आपराधिक घटनाहरु निरन्तर झैं भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय