पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २१:६:३२
१७ फागुन, बग्दाद । इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्ने भएको छ ।कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलो पटक हो । इराकमा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता (वान–अन–वान) गर्नेछ ।
कोरोनाभाइरस महामारी, हिंसा र कमजोर सरकारी सेवाका कारण निकै दबाबमा रहेको इराकी सरकारका पदाधिकारीसँग पनि उनले भेटवार्ता गर्नेछ।युद्धको चपेटामा परेको इराकमा इसाई समुदायको जनसंख्या सन् २००३ मा १५ लाख रहेकामा हाल करिब चार लाख मात्र रहेका छन् ।तीन दिने यस भ्रमणका क्रममा पोप फ्रान्सिसको कोरोनाभाइरस महामारी फैलिन थालेयता पहिलो हो । बग्दाददेखि शिते धर्मगुरु बस्नुहुने नजाफ शहरसम्मको मार्गमा पोपलाई स्वागत गर्न तुल, ब्यानर राखिएका छन् ।
इराकमा इसाई समुदायको बसोबासको विश्वमै सबैभन्दा पुरानो इतिहास छ । यहाँका इसाईहरु आधाजति क्याथोलिक र बाँकी आर्मेनियाली अर्थोडक्स, प्रोटेस्टेन्ट र अन्य रहेका छन् ।यसअघि पोल जोन पल द्वितीयले सन् २००० मा इराक भ्रमण गर्ने योजना बनाउनु भएको थियो तर तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले उनको भ्रमण रद्द गरिदिएको थियो । उनीपछि पोप बन्नु भएका बेनेडिक्ट सोह्रौंले बग्दाद भ्रमणको प्रयास नै गरेको थिए ।
सन् २०१३ मा निर्वाचित भएपछि फ्रान्सिसले इराक भ्रमण गर्ने योजना अघि सारेको थियो । सन् २०१९ राष्ट्रपति बरहाम सालेहले औपचारिक रुपमै पोप फ्रान्सिसलाई इराक भ्रमणको निम्तो दिएको छ । वर्षौंदेखि युद्धमा होमिएको मुलुकमा शान्तिको सन्देश फैल्याउन पनि पोपको भ्रमणले मद्दत गर्ने राष्ट्रपति सालेहको विश्वास छ ।
अन्तर–धार्मिक सम्बन्ध सुदृढीकरणमा विश्वास राख्ने पोपले यसअघि टर्की, मोरक्को र युनाईटेड अरब इमिरेट्स समेतका मुस्लिम मुलुकहरुको भ्रमण गरिसक्नु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार