कालिका दर्शन वर्ष सफल पार्न विभिन्न अभियान शुरु
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २१:३५:०
१७ फागुन,गलकोट । बाग्लुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान शुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ । मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान शुरु भएको कालिका मन्दिरले जनाएको छ । अन्तक्र्रिया कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले कालिका मन्दिरको महत्व निकै फरक तथा ऐतिहासिक रहे पनि यसलाई नयाँ पुस्तामा जानकारी दिन नसकिएको भन्दै कालिका दर्शन वर्ष सफल बनाउन शुरु भएको अभियानले सहज बनाउने बताए ।
उनले नेपालमात्रै नभई विश्वका धार्मिक पर्यटकको आर्कषण केन्द्रका रूपमा कालिका मन्दिरलाई चिनाउन सकिने बताए । धार्मिक महत्व बोकेको पवित्र कालिगण्डकी नदीसँग कालिका मन्दिरको सामिप्यता रहेको भन्दै कालिका मन्दिरको प्रचारप्रसारमा अझै कमी आएकाले यसकोे महत्वलाई सबै सामु पुर्याउनुपर्ने उनको जोड थियो ।
पाल्पाका राजाकी छोरी विवाह भएर पर्वते राजाकहाँ आउने क्रममा ल्याएको दाइजोस्वरुपको कालिका बसेको किंवदन्तीलाई प्रचारमा ल्याउनुपर्ने भन्दै उपकुलपति गुरुङले पवित्र कालिगण्डकीसँग मन्दिरलाई सँगै जोडेर लैजानुपर्ने बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिले धेरै धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि आगामी विसं २०८० लाई कालिका दर्शन वर्ष घोषणा गरेको छ । कालिका दर्शन वर्ष २०८० मा ४० लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।
विसं २०८० को योजना सफल पार्नका लागि आजैदेखि दर्शन वर्ष अभियान शुरु गरिएको र सोअन्तर्गत आइतबार कालिकाको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वका विषयमा सरोकारवालासँग छलफल गरिएको हो । कालिका मन्दिरले मन्दिरसँग जोडेर बागलुङका अन्य धार्मिक पर्यटकीयस्थल पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, गाजादह, जैमिनीधाम तथा विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलसँग जोडेर प्रचारप्रसार गर्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार