मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २१:३९:२१
१७ फागुन,वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महशुस गरेका हुन् ।
‘मालुङ्गा चिदेपानी खानेपानी योजना’अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताएका छन् । “साविकको मालुङ्गा गाविसका वडा नं १, २, ३ र ४ मा खानेपानीको निकै समस्या थियो, वडाध्यक्ष बस्यालले भने, “गाउँको पहिलो प्राथमिकतामा परेको खानेपानीको समस्या समाधानका लागि निरन्तरको प्रयासपछि खानेपानीको समस्या हल गर्न सकेका छौँ ।”
तीन वर्षदेखि निर्माण कार्य थालिएको योजना हालै मात्र रु ७५ लाखको लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष बस्यालले बताए । राम्दी नजिकै रहेको चिदीपानी मुलबाट झण्डै तीन किलोमिटर दूरीमा पाइपमार्फत कालीगण्डकी नदीको किनार उत्तरबाहिनी ९खाडाघाट० मा पानी ल्याई ट्याङ्कीमा सङ्कलन गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताए ।
बाक्लो बस्ती रहेको स्थानीयवासीले लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए । खानेपानीको जोहोका लागि दैनिक गाउँभन्दा पर रहेका मुलमा ट्याङ्कर, ट्याक्टर तथा मोटरसाइकलमा पानी बोकेर दैनिकी चलाउँदै आएको उपभोक्ता समितिका अध्यक्ष बस्याल बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार