राख्नेले हटाउन पनि सक्छः ओली
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २१:४७:१०
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधवहरुलाई आफूले नै यो हैसियत दिएको बताएका छन् । पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा ओलीले भने–मैले नै उनीहरुलाई नियुक्त गरेको हो ,त्यसैले हटाउने अधिकारपनि आफूसँग रहेको बुझ्नुप¥यो ।
संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेको प्रसंग निकाल्दै उनले आवश्यक परे अरुलाई समेत हटाउने कानूनी हक आफूसँग रहेको चेतावनी दिए । उनीहरुको बर्बराहट यस्तै रहने हो भने केन्द्रीय सदस्य र सांसद्हरुलाई समेत हटाउन सक्ने उनले बताए ।
पार्टी एकताका क्रममा आफूले भागबण्डाका आधारमा उनीहरुलाई नियुक्त गरेको स्मरण गर्दै उनले भने – मैले आफूलाई केन्द्रमा राखिन ,तर औंला दिंदा डुँडुला नै निल्न खोज्ने ? यस्तै हो भने अब अरुलाई समेत कारबाही हुन सक्छ ।
पार्टीमा के पसेका थिए , भाँडभैलो सुरु गरिहाले प्रधानमन्त्री ओलीले भने – आन्दोलन नै धरापमा पार्ने, पार्टी कब्जा गर्ने हुँदा हुँदा अब त छिमेकलाई कम्फर्टेबल हुने गरी सरकार बनाउनेसम्म भन्न थालेकाछन्, त्यो हुन दिइने छैन, नेपाली जनतालाई कम्फर्टेबल हुने सरकार मात्र चाहिएको छ ।
राजनीतिमा यस्ता उतार चढाव भइरहन्छन्, तर आन्दोलन भने निरन्तर जारी रहनेछ भन्दै उनले प्रचण्ड–माधव समूह चोइटेर जालान् तर मूल पार्टीको नेतृत्व आफूले नै गर्ने उद्घोष उनले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
आज देशमा लोकतन्त्र आएको १८ वर्ष पुग्यो
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार