कालीगण्डकी करिडोर खण्डमा कालोपत्रको काम शुरु
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २२:११:५५
१७ फागुन, पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम शुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने कार्य आइतबारदेखि प्रारम्भ गरिएको हो ।
धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्र हुनेभएको छ । आयोजनाको नियमित कामका लागि सहजीकरण भएमा र आवश्यक निर्माण सामग्रीको अभाव नभएमा ढिलासुस्ती नहुने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।
पर्वतको विहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको ढिकसम्मको खण्डका लागि आवश्यक बहुवर्षीय ठेक्काअन्तर्गत रु एक अर्ब २३ करोड बजेट विनियोजन भएको हो ।
बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागिसमेत अर्थमन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रको काम शुरु हुन लागेको हो । सबै प्रक्रिया पुगेकाले अबको दुई सातापछि सडक कालोपत्रको काम तीव्र गतिमा हुने आयोजना प्रमुख देवकोटाले जानकारी दिए । कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि विहादी र फलेवासका स्थानीयवासीसमेत हर्षित बनेका छन् ।
यसैबीच पर्वतको फलेवास–६ देवीस्थानको ढिकमा आइतबार आयोजित एक कार्यक्रमकाबीच आयोजनाको शिलान्यास गरिएको हो । कालोपत्र कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे। सो अवसरमा उहाँले आफूले निर्वाचनअघि गरेका वाचा पूरा हुँदै गएको बताए।
उनले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको उल्लेख गर्दै कुनै पनि पालिका र वडामा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । पर्वत जिल्लाको मात्र नभएर राष्ट्रिय महत्वको आयोजना भएकाले समयमै काम सम्पन्न गर्न उहाँले आयोजनालाई निर्देशनसमेत दिए ।
अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले मुलुक समृद्धिको दिशामा अघि बढिरहेका बेला बहुमतको सरकारलाई काम गर्न नदिइएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले दलहरुले मिलेर अघि बढ्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ र लाभका लागि कल, झगडा गर्न नहुने बताए । उनले जनताको विश्वासमाथि घात गर्नेहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद पदम गिरीले पर्वत जिल्लाको विकास निर्माणले दिन दोगुना रात चौगुना फड्को मार्दै गएको बताए। उनले यो सरकारको मुख्य लक्ष्य नै मुलुकको समृद्धि र विकास मात्र भएकाले सरकारले गरेका जनमुखी कामदेखि अत्तालिएर पार्टीभित्रकै शीर्ष नेताहरुले गिराउने चलखेल गरेको बताए । उनले यही सरकारबाट मात्र मुलुकको समृद्धि सम्भव भएकाले सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले कालीगण्डकी करिडोर आयोजनाको सडकले पूर्णता नपाउने बेलासम्म आफूले विश्राम नलिने बताए । उनले अबको दुई वर्षभित्रमा पर्वत खण्ड पूर्णरूपमा सम्पन्न हुनेगरी काम गर्न आयोजनालाई आग्रह गरे । भारतीय र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन तथा धार्मिक रुटका रूपमा यो सडकलाई विकास गरिने मन्त्री लम्सालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार