ओली समूह पाहा पछारिए झैं पछारियाे : प्रचण्ड
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २३:३८:१
१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँग कुनै पनि नैतिकता र इमान नरहेको बताए।
सर्वोच्च अदालतले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा आफैंले जितेजस्तो दम्भ देखाइरहेको पनि उनले आरोप लगाए । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको उनले बताए ।
सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उनले छिट्टै अर्को सेटिङ भत्किने दाबी गरे । केही दिनमै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने भन्दै प्रचण्डले भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’
प्रचण्डले पार्टी एकताको प्रसंग निकाल्दै ओलीमा इमानदारी, वैचारिक निष्ठा, जिम्मेवारीबोध केही पनि नरहेकाले उनीको बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा संघर्ष भएको बताए। त्यो संघर्ष विधि, पद्धति र विचारको लडाइँ भएको दाहालले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार