चलाइयो नेतृ आङ साङ सुकीविरुद्ध नयाँ मुद्दा
नेपालबहस संवाददाता
फागुन १७, २०७७ मंगलबार ०:११:३४
१७ फागुन, एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध नयाँ मुद्दा चलाइएको छ । सोमबार भिडियो लिंकमार्फत् अदालतमा उपस्थित भएकी सुकीलाई अतिरिक्त फौजदारी मुद्दा लगाइएको हो ।
म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा निरन्तर आन्दोलन भइरहेको अवस्थामा प्रजातन्त्रवादी नेतृमाथि अतिरिक्त मुद्दा चलाइएको हो । यसअघि सोमबार म्यानमारमा भएको आन्दोलनमा प्रहरीको गोली लागी १८ प्रदर्शनकारीको ज्यान गएको थियो ।
सुकीका वकिल मिङ मिङले दिएको जानकारीअनुसार सुकी राजधानीस्थित एक अदालतमा भिडियो लिंकमार्फत् उपस्थित भएकी र उनी स्वस्थ देखिएकी बताएका छन् । गत फब्रुअरी १ मा हिरासतमा लिइएपछि सुकी सार्वजनिक रुपमा देखिएकी छैनन् ।
यसअघि उनीमाथि अवैधरुपमा ओकेटोके राखेको र त्यसबाट सञ्चार गर्ने गरेको र प्राकृतिक विपत्तिको नियम उल्लंघन गर्दै कोरोना भाइरसको महामारीमा र्याली बोलाएको मुद्दा चलाइएको थियो । सोमबार उनीमाथि तेस्रो मुद्दा चलाइएको हो ।
सुकीको मुद्दामा मार्च ५ मा अर्को सुनुवाई हुनेछ । सुकीका अर्का वकिलले सुनुवाईअघि सम्म वकिललाई पनि सुकीसँग बोल्न नदिइने गरेको बताएका छन् । फेब्रुअरी १ मा सेनाले कू गरेयता म्यानमारको अवस्था तनावपूर्ण रहँदै आएको छ ।
म्यानमारका जनताहरुले प्रजातन्त्रको पुनर्बहालीको माग राख्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको दाबी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार