ज्योति विकास बैंक र क्लक बीद्वारा महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १६:२६:४७
१८ फागुन, काठमाडौं । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा १६ गते काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी “EntrepreneuHER” नामक कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा
सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई पचास हजारको सीड फन्डू र दुई लाखको इक्विटी इन्भेष्टमेण्ट फन्ड प्रदान गरेका थिए । EntrepreneuHER महिला उद्यमी र उद्यमीहरूका लागि उद्यमी शिक्षा र नेटवर्किङ कार्यक्रम हो।
एक महिना अघिबाट सञ्चालित यस यस भ्लतचभउचभलभगज्भ्च् कार्यक्रममा सातै प्रदेश बाट २१७ जना महिलाहरुले अनलाईन मार्फत् आवेदन दिएका थिए। सो आवेदनहरुबाट छनोट भएका ३५ जना आवेदकहरुलाई सीप विकास सम्बन्धी Workshop Session ,Mentorship Session, Virtual Incubation Program उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट उनीहरुको उद्यमलाई अझ विस्तारित बनाउन तालिम प्रदान गरिएको थियो।
तालिमको समाप्ति भए संगै ३५ जना महिला उद्यमीहरुले आफ्नो उद्यम सम्बन्धि विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए जसमध्येबाट मुल्यांकन गरेर १० जना अन्तिम उम्मेदवार छनोट भएका थिए।
कार्यक्रमको अन्तिम दिनमा बैंक र क्लक बी का विभिन्न पदाधिकारीहरु,निर्णायक मण्डल, इन्भेस्टर र विभिन्न अतिथि हरुका माझ १० जना उम्मेदवारहरूले आफ्नो उद्यमको खाका र विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए।
सो प्रस्तुतिको आधारमा कार्यक्रमका निर्णायक मण्डलमा रहेका पारस राज कंडेल, रामहरि आचार्य, बिनय देवकोटा, श्री स्नेहा सिंह, ज्यास्मिन कर्माचार्य र नरोत्तम अर्याल ले गरेका मुल्याङ्कनको आधारमा सृजना भुसाल(Learn Loksewa ) र शैलजा कशजु (Tekka Toys) लाई विजेता छनोट गरिएको थियो।
सृजना भुसालको लोकसेवा तयारी मोबाइल एप तथा शैलजा कसाजुको कृषिजन्य वस्तुबाट महिलाहरुको शिपलाई प्रवर्द्धन गर्दै बनाइने म्याट, पर्दा, ब्याग, मास्क जस्ता वस्तुलाई बजार प्रदान गर्ने इ-कमर्स साइटको प्रस्तावलाई निर्णायक मण्डलले विजेता घोषित गरेको हो।
सो कार्यक्रममा महिला उद्यमशीलता सम्बन्धी प्यानल डिस्कसन पनि रहेको थियो। प्यानालिस्टमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, विजनेश ३६० की प्रमुख सम्पादक चारु चड्डा, EURO School निर्देशक शैलजा अधिकारी र FWEAN नीरु रायमाझी खत्री ले महिला उद्यमशीलता सम्बन्धी आफ्नो विचार प्रस्तुत गरेका थिए।
ज्योति विकास बैंकले विभिन्न क्षेत्रमा रहेका महिला उद्यमीहरु र महिला उद्यमशीलता लाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरि व्यवसाय अघि बढाउनुका साथै उद्यमशीलतालाई विभिन्न माध्यमहरुबाट प्रवर्द्वन पनि गर्दै आइरहेको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार