प्रचण्ड-माधव नेपाल संसदभित्र कुन बेन्चमा बस्दै छन ?
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १६:२८:३३
१८ फागुन, काठमाडौं । नेकपा कानुनी रुपमा विभाजित नभईसकेको अवस्थामा प्रचण्ड माधव नेपाल समूहको उपस्थिति सत्ता पक्षबाट हुन्छ कि प्रतिपक्षबाट हुन्छ भनेर हेर्न बाँकी नै रहेको छ । २३ फागुनबाट शुरु हुन लागेको संसद बैठकमा प्रचण्ड नेपाल सुमह के प्रधानमन्त्री ओली समुहकै सांसदहरुसँगै सत्तापक्षको बेन्चमा बस्लान् या विपक्षी अलगै बेन्चमा कौतुहलता उब्जिरहेका बेला प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक बोलाउछु बहुमत पुर्याएर देखाए भो नि भन्दै चुनौति दिएका छन् ।
खासगरी एउटै पार्टीभित्र विवाद उत्पन्न भएपछि बहुमत केन्द्रीय सदस्यहरु लिएर बाहिरिएको प्रचण्ड माधव नेपाललाई कुन संसदभित्र कुन वेन्चमा बस्ने वा ग्यालरी बस्ने भन्ने समस्या उत्पन्न हुँदा मानिसहरुको चासो त्यता पनि जान थालेको छ । ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको प्रचण्ड नेपाल समुहले आफुहरु विपक्षी बेन्चमै बस्ने बताएका छन् ।
‘हामी विपक्षी बेन्चमा अलगै बस्छौं,’ प्रचण्ड नेपाल समुहका एक स्थायी समिति सदस्यले भने,–‘ओलीलाई हामीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेका छौं । अलग अलग पार्टीमा रहिसकेका छौं । निर्वाचन आयोगले निर्णय गर्न ढिलाई गरेका कारण मात्र समस्या आईरहेको हो । हामी सत्ता पक्षमा होइन, प्रतिपक्षी बेन्चमा बस्छौं ।’ ती नेताका अनुसार निर्वाचन आयोगले ढिलाई गर्दा समस्या भएकै कारण सरकार बन्न समेत समस्या उत्पन्न भएको हो ।
प्रधानमन्त्री केपी ओलीले आफूलाई म नै राज्य हुँ भन्ने तरीकाले प्रस्तुत हुँदा अहिलेको अवस्था आएको हो । खासगरी नेपाली कांग्रेस र जसपासँगको सहकार्यमा ओली वा प्रचण्ड माधव नेपाल समूह कुन अघि बढ्ने हुन त्यसको कुनै निक्र्यौल नभएको अवस्थामा अहिले दुवै पक्ष अन्यौलमै छन् । ओली प्रधानमन्त्री भईसकेको र अब उनको सत्ता संसद अधिवेशन शुरु भएसँगै खुस्किने भएपछि ओलीले कांग्रेससँगको सहकार्यको हात फैलाएका छन् । प्रचण्ड माधव नेपालले पनि सहकार्यको हात फैलाएका छन् ।
प्रधानमन्त्रीले गत पुस ५ मा असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटनको निर्णय लिएपछि नेकपा औपचारिक रुपमा विभाजन भएको हो । ब्यवहारिक रुपमा विभाजन भएपनि निर्वाचन आयोगको अर्कमन्यता र ढिलासुस्तीका कारण कानुनी रुपमा नेकपा विभाजित भईसकेको अवस्था छैन् । अहिले पनि आयोगलाई छिटो निर्णय दिन प्रचण्ड नेपाल समुहका नेताहरुले आग्रह गरिरहेका छन् ।
सोमबार मात्रै पनि प्रचण्ड नेपाल समुहका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोग पुगेर आयोगले किन ढिलाई गरिरहेको छ निर्णय दिन भनेर प्रश्न गरेका थिए । ओली पक्षलाई १५ दिन भित्र जवाफ माग गर्नुपर्नेमा २७ दिन पुग्दा सम्म किन जवाफ नै नमागिएको ?
कहिले सम्म आयोगले अन्यौलता र अर्कमन्यतामा मात्र बसिरहने भन्दै प्रश्न गरेका थिए । नेकपाको विभाजनको कानुनी आधार खोज्दै काँग्रेस र जसपाले पहिले नेकपाको अवस्था के हो ? भनेर प्रश्न गरिरहेका छन् । अहिले संसदमा कांग्रेस मात्रै प्रमुख प्रतिपक्षी हो । त नेकपा प्रचण्ड माधव नेपाल समूह पनि मिसियो भने त्यहाँ प्रमुख प्रतिपक्षी को रहने भन्ने विवाद उठ्ने संभावना पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार