प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १९:१९:५
१८ फागुन, मोरङ । उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी –७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो ।
यसअघि प्रहरीले प्रवीण बस्दै आएको घरका धनी रमेश गिरीलाई पनि सोमबार पक्राउ गरेको थियो । पुष ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।
बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई भने जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटिमा छाडिएको छ । हत्यामा संलग्न भएको आरोप लागेका अरू दुई जना फरार छन् । फरार हुनेमा झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार