चितुवाको आक्रमणबाट बचाउन मोबाइलमा अलर्ट म्यासेज
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २१:०:४६
१८ फागुन,दमौली । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको स्थानीय तह हो तनहुँको भानु नगरपालिका । पछिल्लो साढे दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट तनहुँमा दशजना बालबालिकाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ६ जना भानु नगरपालिकाका छन् ।
मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण जिल्लामा चितुवाको आतङ्क बढ्दो छ । चितुवाको बढ्दो आक्रमण न्यूनीकरण गर्न डिभिजन वन कार्यालय तनहुँले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा कार्यालयले भानुका सर्वसाधारणको मोबाइलमा सन्देशमूलक सन्देश पठाउने व्यवस्था शुरु गर्ने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा त्यस क्षेत्रका सर्वसाधारणका मोबाइलमा चितुवाको आक्रमणबाट बच्ने उपाय जानकारी दिन उक्त व्यवस्था गर्न लागिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायत विषयमा उपभोक्तालाई जानकारी गराएका छौँ”, उनले भने , “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”जङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ ।
कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्नेलगायत विषयलाई ध्यान दिनुपर्ने कुराहरु उपभोक्तालाई सचेत गराएको छ । काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसेमैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बूढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।
पछिल्लो साढे दुई वर्षको अवधिमा तनहुँमा दशजना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दिपुरलगायत ठाउँमा दश वर्षभन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । डिभिजन वन कार्यालय तनहुँले खोरमा नियन्त्रणमा लिएर ११ वटा चितुवालाई अन्यत्र स्थानान्तरण पनि गरिसकेको छ ।
भानु नगरपालिकामा मात्रै १५ भन्दा बढी चितुवा रहेको अनुमान छ । भानुका जङ्गलमा चितुवा गणनाका लागि क्यामरा जडान गरिएको थियो । यद्यपि उक्त अध्ययनको आधिकारिक नतिजा सार्वजनिक नभए पनि १५ भन्दा बढी चितुवा भानुमा रहेको अनुमान छ । २२ सामुदायिक वनको चार हजार २०० हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो ।
कार्यालयले वन्यजन्तु संरक्षणमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । पृथ्वीमा रहेका हरेक वन्यजन्तुको बाँच्न पाउने अधिकार रहेकाले वन्यजन्तुको संरक्षण गर्नुपर्ने डिभिजन वन प्रमुख काफ्लेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार