दोभान आगलागीबाट ७९ घरपरिवार विस्थापित
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २१:४०:४४
१८ फागुन, फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।
“अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्”, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले भन्नुभयो, “आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएको छ ।”
आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए ।
जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उनले बताए । ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ ।
उनले भने, “आगलागीबाट भएको क्षतिको विवरण अब संकलन गर्छौं ।” फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार