ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २३:४०:३०
१८ फागुन, फुङ्लिङ । नेकपा दाहाल–नेपाल समूहका प्रेस सङ्गठन इञ्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरेका छन् ।
पूर्वमन्त्री भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “बुधबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आगलागी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।” स्थानीय प्रशासनको प्रारम्भिक विवरणअनुसार आगलागीबाट ४७ वटा घर जलेर नष्ट हुँदा ७९ परिवार विस्थापित भएका छन् । अधिकांश घरमा पसल रहेकाले पसलका सम्पूर्ण मालसमान जलेर नष्ट भएका छन् । घरमा मानिसको आवास पनि रहेकाले घरायसी सामान पनि पूरै क्षति भएको छ ।
आगलागी हुन साथ त्यसलाई नियन्त्रणमा लिन स्थानीय जनसमुदाय तथा सुरक्षाकर्मीले गरेको प्रयत्नका बाबजुत साँघुरो बजार, खुला ठाउँको अभाव तथा दमकललगायत साधन अभावका कारण ठूलो मात्रामा क्षति हुन पुगेको छ । आगलागीलाई नियन्त्रणमा लिन प्रयत्न गर्ने स्थानीय जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दमकल चालक, स्वयंसेवकलगायत सबैमा भट्टराईले धन्यवाद व्यक्त गरेका छन् ।
भट्टराईले विज्ञप्तिमा भने, “आगलागीका कारण आवासविहीन भएका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछु ।” पीडितप्रति सहानुभूति प्रकट गर्दै आवश्यक राहत तथा पुनः स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने भट्टराई प्रतिबद्धता गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार