मोरङमा तेस्रो चरणमा थप एक लाखलाई खोप लगाइने
नेपालबहस संवाददाता
फागुन १८, २०७७ बुधबार १:४१:२५
१८ फागुन, मोरङ । मोरङमा तेस्रो चरणको कोरोना खोप लगाउने कार्य यही फागुन २३ गतेदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अवधिमा ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा सामुदायिक तथा निजी विद्यालयका छुट शिक्षकलाई खोप लगाइने जानकारी दिइयो ।
तेस्रो चरणअन्तर्गत एक लाख ३५ हजार ४३९ लाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा सुरेश मेहताले बताए। उनले खोप पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिँदै कोरोना भाइरस फैलिन नदिने तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको बताए ।
खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न यही फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरलाई तालीमको व्यवस्था गरिने भएको छ । खोप लगाउने कार्यको सफल कार्यान्वयनका लागि जिल्लास्थित पालिका, वडा तथा महिला स्वयंसेविकाको बैठक बस्ने भएको छ ।
सम्पूर्ण स्वास्थ्य केन्द्रमा फागुन २२ गतेसम्म खोप पु¥याइन आवश्यक व्यवस्था गरिएको डा महेताले जानकारी दिए । मोरङ जिल्लामा पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम गएको माघ १५ देखि २४ गतेसम्ममा कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मंगलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङहोम, विराट वृद्धाश्रम र मोरङ कारागारबाट पाँच हजार ८५९ लाई दिएको थियो ।
यसैगरी दोस्रो चरणअन्तर्गत खोप कार्य गएको फागुन १ देखि १० गतेसम्म कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मंगलबारे अस्पताल, पालिकाको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन संघ मोरङ र वीरेन्द्रसभा गृहमा गरी पाँच हजार ३३४ लाई लाइएको थियो ।
जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १९३ लाई ९२ दशमलव प्रतिशत पाँच प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिए । विगत एक हप्ता अगाडि तथ्याङ्कअनुसार नेपालमा चार लाख र विश्वमा करिब पाँच करोडले खोप लगाइसकेका छन् भने अहिले पनि विश्वका १३० मुलुकमा खोप नपाएको सोही अवसरमा जानकारी दिइयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार