भूकम्पले क्षति भएको घर मर्मतका लागि ५४५ निवेदन
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १६:४४:५
१९ फागुन,चितवन । भूकम्पका कारण घरमा क्षति भएर मर्मतसम्भार मात्र गर्न निवेदन दिएकामध्ये ५४५ जनाले नयाँ घर बनाउनका लागि अनुरोध गरेका छन् । शुरुमा सामान्य मर्मतसम्भारबाट घर बनाउने भनिए पनि पछि उनीहरूले पूरै घर निर्माणका लागि निवेदन दिएका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनमा घर मर्मतका लागि आवेदन दिएका एक हजार ३७८ मध्ये ५४५ जनाले पूरै घर बनाउन निवेदन दिएका हुन् । एकाइका इञ्जिनीयर सुवास नेपालका अनुसार निवेदन परेकामध्ये २८३ को नाम प्राधिकरणबाट स्वीकृत भइसकेको छ । एक सय ६२ को नाम पठाइसकिएको र अन्य १०० को नाम पठाउने तयारीमा रहेको उनले जानकारी दिए । घर मर्मत मात्रै गर्ने निवेदन दिएका ९प्रबलीकरणमा परेका० मध्ये १७ जनाले दोस्रो किस्तावापतको रकमसमेत निकासा गरिसकेका छन् ।
घर प्रबलीकरण गर्नेहरूले पहिलो र दोस्रो किस्ता क्रमशः रु ५०र५० हजार अनुदान पाउनेछन् । नयाँ घर बनाउनेहरूले भने तीन किस्ता गरेर रु तीन लाख पाउनेछन् । सेवाग्राहीमध्ये ९८ जनाको नाम हटाउनका लागि सिफारिस गरिएको छ । सेवाग्राही सम्पर्कमा नआएका कारण उनीहरूको नाम हटाइएको हो ।
जिल्लामा भूकम्पको समयमा सात हजार ८६० घर पुनःनिर्माण गर्नुपर्ने भएको थियो । तीमध्ये हालसम्म छ हजार २०२ घर पुनःनिर्माणको काम सम्पन्न भएको छ । घर निर्माण सम्पन्न हुनेमा ८२ दशमलव नौ प्रतिशत रहेको नेपालले बताए । उनका अनुसार पुनःनिर्माणतर्फ पहिलो किस्ता सात हजार ५५५ र दोस्रो किस्ता छ हजार ६२४ को निकासा भइसकेको छ ।
उनीहरूले पहिलो, दोस्रो र तेस्रो किस्तावापत क्रमशः रु ५० हजार, एक लाख ५० हजार र एक लाख पाउनेछन् । पुनःनिर्माणतर्फ ३०५ जनाको नाम लाभग्राहीबाट हटाउनका लागि सिफारिस गरिएको छ । भूकम्पका कारण जिल्लाका सातवटै पालिका प्रभावित भएका थिए । तीमध्ये जिल्लाको पहाडी क्षेत्रमा रहेको इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार