नगर कप भलिबल प्रतियोगिता शुरु
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १७:५५:४२
१९ फागुन,हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।
विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।
हेटौँडा–४ लोकतान्त्रिक (हुप्र) चौरमा महिलातर्फ १० र पुरुषतर्फ १३ टोलीको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः रु ५० हजार र ३० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही रु दुई हजार ५००, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
कूल रु छ लाख लागतमा सञ्चालन हुने खेलमा हेटौँडा उपमहानगरपालिकाले रु दुई लाख ५० हजार र प्रदेश खेलकूद विकास परिषद्ले रु ३० हजार सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरी सङ्कलन गर्ने बताइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
नयाँ वर्षमा गलकोटमा वाटर भलिबल गेम हुने
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार