चमुवाखोलामा ‘पक्की कल्भर्ट’
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १९:८:१९
१९ फागुन, बलेवा । बागलुङको गलकोट नगरपालिका–४ चमुवाखोलामा पक्की कल्भर्ट निर्माण भएको छ । गलकोट नगरपालिकाको रु २४ लाख बजेटबाट उक्त कल्भर्ट निर्माण भएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा सडक सञ्जाल स्तरीकरणअन्तर्गत पूर्वाधार विकासका लागि उक्त सडकमा बजेट विनियोजन गरेको थियो ।
चमुवाखोलामा निर्माण भएको सात मिटर लम्बाइ रहेको कल्भर्ट चार मिटर ५० सेन्टिमिटर चौडाइ तथा तीन मिटर उचाइ रहेको कल्भर्ट निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । कल्भर्टको दुवैतर्फको सडक करीब १० मिटर फिलिङको काम भएको उनले बताए ।
खोलाको सतहलगायत कल्भर्टको सुरक्षाका लागि दायाँबायाँ गरी २८ वटा जाली निर्माण गरेको जानकारी दिँदै खड्काले कल्भर्टको केही काम र बाटोको सतह पुर्नका लागि केही काम बाँकी भएको भए पनि सञ्चालन गरिएको बताए ।
गलकोट नगरपालिका–४ देखि नुवाकोट हँुदै बरेङ गाउँपालिकाको सुखौरा सल्यान जोड्ने सडकअन्तर्गत चुमवाखोलामा कल्भर्ट निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
गलकोट नगरपालिकाले रु २० लाख तथा स्थानीयरुपमा जनश्रमदानबाट रु चार लाख गरी २४ लाखमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका कल्भर्टमा फागुन २० गतेसम्म ठूला सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको उपभोक्ता समितिका सचिव डिलबहादुर खातीले राससलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार