खेर गएको जमीनबाट करोडौं आम्दानी हुदै
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १९:४८:११
१९ फागुन,मकवानपुर । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा एभोकाडो (ध्यू फल) खेती गर्दै आएका छन् ।
खरबारीको रुपमा रहेको जग्गालाई उनले अहिले व्यावसायिक रुपमा फलफूल एभोकाडो खेती गर्दै आएका छन् । न्यौपानेले आजभन्दा साढे दुई वर्षअघि लगाएको एभोकाडो पाँच वर्षमा फल दिने गरी तयार हुन्छ । करीब दुई बिघा क्षेत्रफलमा रोपेको एभोकाडो उत्पादन शुरु भएपछि वार्षिक दुई करोडसम्मको फल बिक्री गर्न सकिने न्यौपानेले प्रारम्भिक अनुमान छ ।
एभोकाडोको बिरुवा अहिले करीब साढे दुई वर्षको भएको उनको भनाइ छ । केही वर्ष अगाडि आम्दानीको स्रोत नभएपछि वैदेशिक रोजगारमा गएका न्यौपानेले दुई वर्षसम्म दुःख गर्दा आफू गएको ऋण तिर्नमात्र सकेको बताउछन् । उनी भन्छन्, “विदेश भनेर धन कमाउन जानु बेकार रैछ, पैसा त हाम्रै माटोमा पो फल्ने रछ । यो पाखोले पनि दीर्घकालीन रुपमा योजना बनाइएमा आर्थिक आम्दानी दिन्छ भनेर मैले सोंचेको पनि थिइन ।”
उनले थपे, “मेरो भाइले यो खरबारीमा एभोकाडो लगाउने सल्लाह दियो, त्यसैअनुसार गरेँ । यसको बजार पनि राम्रै रैछ, फेरि आर्थिक आम्दानीको दृष्टिकोणले समेत राम्रो कमाइ हुने रहेछ । यसमा अन्य खेतीबालीको जस्तो दुःख पनि छैन ।” करीब दुई बिघा क्षेत्रफलमा न्यौपानेले ३५० वटा एभोकाडोको बिरुवा रोपेका छन् । एक बोटले तीन क्विन्टलसम्म फल दिने प्राविधिकले बताएको उनको भनाइ छ । उक्त जग्गामा तारबारसहित जम्मा रु १० लाख लगानीमा शुरु गरेको यस फलफूल खेतीले अबको साँढे दुई वर्षभित्र आम्दानी दिने प्राविधिकले बताएको न्यौपानेले जानकारी दिए ।
काठमाडौँको एक नर्सरीबाट प्राविधिक सहयोगसहित बिरुवा खरीद गरिएको र फल तयार भएपछि पनि सो नर्सरीले नै खरीद गर्ने शर्तसमेत गरिएको उनको भनाइ छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–१३ निवासी सञ्चाकर्मीसमेत रहेका रिपेश दाहालले पनि आफ्नै घरमा एभोकाडोको सामान्य नर्सरी स्थापना गरेका छन् । तत्कालका लागि थारै क्षेत्रफलमा एभोकाडोको नर्सरी स्थापना गरे पनि विस्तारै बढाउँदै लैजाने दाहालको भनाइ छ ।
माग राम्रो भएकाले आफूले पनि भविष्यमा एभोकाडो खेतीलाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य रहेको उनी बताउछन् । बाग्मती प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई एभोकाडो खेतीतर्फ आकर्षण गर्न किसानलाई एभोकाडोको बिरुवा वितरण गर्ने कार्यको थालनी गरेको छ । प्रदेशअन्तर्गतको विभिन्न जिल्लाका रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न प्रजातिका फलफूलका बिरुवासँगै एभोकाडोको बिरुवासमेत किसानलाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सुलोचना श्रेष्ठले जानकारी दिइन् ।
पारिवारिक निजी वन महासङ्घकी महासचिव आरती पाठकले नेपालमा खेती नहुने पाखो जमीन प्रसस्त रहेको र त्यस जमीनबाट किसानलाई करोडौं आम्दानी हुने रुख तथा फलफूल खेती गर्न सकिने बताउछन् । उनले भने,“हामीले खेती गर्न नसकेर घाँसपातको लागि मात्र प्रयोग गर्दै आएको जमीनमा कम मेहनतबाटै करोडौं रुपैयाँ आम्दानी गर्न सक्ने रहेछौँ भनेर अहिले धेरै किसानले बुझिसकेका छन् ।” उनले थपे, “फेरि हाम्रो माग भनेको जसरी हामीले पूर्जा भएको जमीनमा लगाएका बाली बेच्न पाउछौं रुखलाई पनि सोही तरिकाले बेच्न पाउनुपर्छ भन्ने हो ।” पारिवारिक निजी वनमा भएका रुख बिरुवा बेच्नलाई राज्यले नै सहज बनाउनुपर्ने उनको भनाइ छ ।
मकवानपुरमा हाल धेरै जनाले पारिवारिक निजी वन दर्ता गरेको र सो वनबाट आम्दानी गर्न उन्मुख रहेको पाठकले बताए । हालसम्म पारिवारिक निजी वनबाट अम्रिसो तथा जडीबुटीसमेत उत्पादन भइरहेको जानकारी दिए । बाग्मती प्रदेशसभा सदस्य मुनु सिग्देलले नीति निर्माण गर्ने समयमा नै पारिवारिक निजी वनबाट किसानलाई राहत दिने विषयमा सोच्नुपर्ने बताइन् ।
जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले जग्गा बाँझो रहन नदिन र यस्ता उदाहरणीय कार्य गर्न समितिले पहल कदम चाल्ने बताइन् । बजारमा एभोकाडोको प्रतिकेजी बजार मूल्य न्यूनतम रु ३०० देखि अधिकतम रु ५०० मा बिक्री वितरण हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
चुनावमा सेना परिचालन गर्न राष्ट्रपति दिए स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार