वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा युवा
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १९:५९:१
१९ फागुन,पर्वत । रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेका छन् ।
पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनु भएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश गएनन् ।
त्यसपछि च्याउ खेतीमा लागेका सुवेदी लाई दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लागेका छन् । “मलेसियाबाट फर्के लगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत ग¥यो”, उनले भने, “त्यस यताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेँ ।” यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउ खेती शुरु गरेको उनले जानकारी दिए ।
व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उनले कोरोना महामारी भन्दा अघिसम्म यस व्यवसायबाट मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । कोरोना महामारीका कारण बीचमा भएको लकडाउनका कारण च्याउ खेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नु परेको उनले सुनाए । बन्दाबन्दी पहिला च्याउ खेतीका लागि आवश्यक पर्ने पराल प्रति ट्रक रु ५० हजारमा पाइने गरेकोमा अहिले भने एक लाख पर्ने गरेको उनले बताए ।
ट्रकमा पराल ढुवानीका क्रममा बाहिर निस्केमा सडक सुरक्षा जाँचका क्रममा जरिवाना तिर्नुपर्ने लगायतका झन्झटका कारण गाडीवाला पराल बोक्न गा¥हो मान्ने गरेको र ढुवानीमा बढी रकम तिर्नुपरेको उनले गुनासो सुनाए । कोरोना अघिसम्म आफूले १६ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताए ।
उनका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उनले बताए । सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाएका छन् । बजारमा कन्ये च्याउ प्रतिकिलो २०० रुपैयाँ पर्छ भने सिताके च्याउ प्रति किलो ६०० रुपैयाँ पर्दछ । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार