शुक्रबार , बैसाख १०, २०७८

सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जनः बोनस घट्यो, नगद कति ?

सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जनः बोनस घट्यो, नगद कति ?

१९ फागुन, काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश पारिमार्जन भएको छ । लघुवित्त सञ्चालक समितिको फागुन १८ गते बसेको बैठकले यस अघि प्रस्तावित लाभांश दरमा परिमार्जन गरेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले वित्तीय विवरण संशोधन गरी पेश गर्दा प्रस्तावित बोनसमा परिवर्तन आएको लघुवित्तले जनाएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस अनुसार लघुवित्तले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट मर्जर पश्चात कायम रहेको चुक्ता पूँजी २३ करोड ५३ लाख रुपैयाँको ८.१३ प्रतिशत अर्थात १ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४३ प्रतिशत अर्थात १० लाख ८ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ ।

उक्त बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी २४ करोड ६३ लाख रुपैयाँ पुगनेछ । यस अघि लघुवित्तले चुक्ता पूँजीको ९.११ प्रतिशत अर्थात २ करोड १४ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

sarathi

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय