ताररहित होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २०:१६:२५
१९ फागुन, डोटी । जिल्लामा नेपाल टेलिकमले फोरजी वायर लेस ‘ताररहित’ होम ब्रोड ब्याण्ड सीम सञ्चालनमा ल्याएको छ । फोरजी वायर लेस ‘ताररहित’ सीममा इन्टरनेट सेवा पाइने भएकाले उक्त सेवा नागरिकसम्म पु¥याउनका लागि सञ्चालन ल्याइएको नेपाल टेलिकम दिपायल राजपुरको कार्यालय जनाएको छ ।
डोटी जिल्लाका केही ठाउँबाहेक अधिकांश ठाउँमा वाइफाइ सेवाको इन्टरनेट सेवा नपुगेका कारण फोरजी वायर लेस ‘ताररहित’ होम ब्रोड ब्याण्ड सीमले राम्रो काम गर्ने तथा सेवाग्राहीलाई पनि सहज हुने टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए ।
जिल्लाका अधिकांश सर्वसाधारणले वाइफाइ सेवाको पहुँच नपाएका कारण हाल मोबाइलबाटै इन्टरनेट चलाउने गरेका छन् । जिल्लामा सञ्चालन भइरहेको फोरजी वायरलेस सीमले इन्टरनेट चलाउन यहाँका नागरिकलाई निकै सुविधा हुने टेलिकम जिल्ला कार्यालय सिलगढीका निमित्त कार्यालय प्रमुख भीम थापाले जानकारी दिए
हाल टेलिकमले वितरणसहित सञ्चालनमा ल्याएको उक्त सीममा वाइफाइ जत्तिकै सेवा सुविधा रहेको बताइएको छ । निमित्त कार्यालय प्रमुख थापाका अनुसार यहाँका ग्रामीण भेगमा उक्त सीमको सहयताले ग्राहकले राउटर राखेर अरु मोबाइल र कम्युटरमा पनि ढुक्कले इन्टरनेट चलाउन सक्ने व्यवस्था मिलाइएको छ ।
उक्त सीममा रु ९०० र एक हजार ६०० रुपैँयाको डाटा प्याक रहेको बताइएको छ । टेलिकमका अनुसार ग्राहकले प्रति महिनाको रु ९०० को ६० जिबी र एक हजार ५०० को १२० जिबी डाटा प्याक खरीद गर्न सक्ने छन् । उक्त सीम ९० रुपैयाँमा नेपाल टेलिकमको कार्यालयबाट खरीद गर्न सकिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार