सेना दिवसको अवसरमा हाफ म्याराथन
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २०:४०:४६
१९ फागुन,दुल्लू । सेना दिवसका अवसरमा दैलेख जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । जिल्लाको नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हुने प्रतियोगिता जिल्लाका विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा सञ्चालन गर्न लागिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।
खुलातर्फ हाफ म्याराथप ९२१ किलोमिटर० र पाँच किलोमिटर दौड गरी प्रतियोगितामा दुईवटा विधा समावेश गरिएको छ । पाँच किलोमिटर दौडमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाहेक राष्ट्रसेवक कर्मचारी र जिल्लावासी सहभागी हुन पाउनेछन् । खुलातर्फको हाफ म्याराथन प्रतियोगितामा नारायण नगरपालिकास्थित काँडाचौर, खुर्सानीबारी, भैँसेखोर हुँदै रातापानीसम्म पुगी फर्केर भैँसेखोर, खुर्सानीबारी, दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको सेनानी विश्वकर्माले जानकारी दिए । पाँच किलोमिटर दौडतर्फ काँडाचौर हुँदै खुर्सानीबारीसम्म पुगी फर्केर काँडाचौर दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ । हाफ म्याराथन हुने रुट एक हजार ३७५ मिटरदेखि एक हजार ६२५ मिटर उचाइ र पाँच किलोमिटर दौडको रुट एक हजार ३७५ मिटरदेखि एक हजार ५२० मिटर उचाइबीच रहने र कच्ची तथा पक्की मोटरबाटो रहने सेनाले जनाएको छ ।
हाफ म्याराथन प्रतियोगितामा खुलातर्फका विजेताले रु ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । हाफ म्याराथन प्रतियोगितामा जिल्लावासीतर्फ विजेताले रु चार हजार, उपविजेताले तीन हजार र तेस्रो हुनेले दुई हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पाँच किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ विजेताले रु १० हजार, उपविजेताले सात हजार ५००, तेस्रो हुनेले पाँच हजार, चौथो हुनेले तीन हजार र पाँचौँ हुनेले दुई हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै पुरुषतर्फ विजेताले १० हजार, उपविजेताले सात हजार ५००, तेस्रो हुनेले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन चाहनेहरूले यही फागुन २४ गतेभित्र फोन, इमेल तथा सेनाको काँडाचौर ब्यारेक र सुरक्षा बेस दुल्लूमा नाम दर्ता गराउन सकिने सेनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सैनिक मञ्च टुंडिखेलमा सेनाले मनायो वार्षिकउत्सव
फागुन २५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार