अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २०:४९:४
१९ फागुन,काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड–सुधार गरिरहेको छ । राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ । हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड–सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनीयर सुमन योगेशले जानकारी दिए । उनले रु एक करोड ६० लाख बजेटमा उक्त सडकखण्डमा मोड–सुधार तथा धुलिखेलदेखि केही तल पहिरो नियन्त्रणको काम भइरहेको बताए ।
उनका अनुसार बनेपा शहरस्थित अरनिको राजमार्ग दायाँबायाँ करीब डेढ किलोमिटर सर्भिस ट्र्याक ९रिसिलिङ कालोपत्र०को प्रक्रिया अघि बढाइएको छ । सो योजनाका लागि रु छ करोड बजेट छुट्याइएको छ । काभे्रपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगादेखि धुलिखेलसम्म दश किलोमिटर अरनिको राजमार्गको दायाँबायाँ सर्भिस ट्र्याक निर्माणका प्रक्रिया थालिएको कार्यालयका इन्जिनीयर जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार पाँचखाल बजारमा ५०० मिटर पक्कीसहित सर्भिस ट्र्याक खोल्ने काम भइरहेको छ ।
हाल कार्यालयले डेढ करोड बजेटमा धुलिखेल बजारको मुख्य चोक सडक सुधार गर्दै पुरानो बजारमा फुटपाथ निर्माण थालेको छ । जीर्ण बनेपा–पनौती छ किलोमिटर पक्की गर्न सङ्घीय सरकारले हालैमात्रै रु १६ करोड ७५ लाख बजेट थपेपछि कालोपत्रको काम शुरु भएको छ । पनौती नगरस्थित खोपासीदेखि बेथानचोक गाउँपालिकाको कामीडाँडासम्म करीब ३० किलोमिटर कच्ची सडकको स्तरोन्नति गरिरहेको छ । सङ्घीय सरकारको पछिल्लो रु १५ करोड बजेटले हाल ड्रेन–रिटेनिङ वाल, कज–वे, ढलनिकस तथा ग्राभेलको काम भइरहेको कार्यालयले जनाएको छ । पनौती नगरले रु एक करोड थपको सो सडकखण्डको हाल चार हजार ५०० मिटर ग्राभेल भएको छ ।
सङ्घीय बजेटबाटै हाल नगरकोट–गैरिबिसौना–हिउँवापाटी १० किलोमिटर र बनेपा–रविओपी–पाँचखाल १६ किलोमिटर कच्ची सडक स्तरोन्नतिको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार बनेपा–रविओपी–पाँचखालअन्तर्गत छ किलोमिटर पक्की भइसकेको छ । योगेशले भने, “केही क्रमागत बजेटले स्तरोन्नति गर्दै ग्राभेल तथा ग्राभेलपछि पक्की गर्दै जानेछौँ ।” उनका अनुसार बजेटको निरन्तरताले कुनै पनि योजना रोक्नुपरेको छैन । पाँचखालमा पनि तीन किमी वैकल्पिक सडक पक्की भइरहेको छ । स्तरोन्नति प्रस्तावित सडक एवं सम्पदा निर्माणार्थ बोलपत्र आह्वान भइसकेको योगेशले बताए । सङ्घीय सरकारमार्फत हाल अरनिको राजमार्ग स्तरोन्नतिका लागि रु सात करोड ४० लाख, कोशीपूर्वस्थित सडक कालोपत्र गर्न रु ३३ करोड बजेट छुट्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार