मानवअधिकार सङ्गठनको बैठक आजदेखि शुरु
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २१:२३:१
१९ फागुन,पाल्पा । नेपाल मानवअधिकार सङ्गठन लुम्बिनी प्रदेशको परिषद्को बैठक आजदेखि पाल्पामा शुरु भएको छ । परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका सङ्गठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् ।
बैठकमा सङ्गठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लङ्घन हुँदा खबरदारी गर्ने काम सङ्गठनको दायित्व भएको बताए । उनले कारागारका नागरिकको समेत मानवाधिकारको रक्षाका निम्ति आवाज उठाउँदै आएको औँल्याएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले आस्थाकै आधारमा नागरिक आधारभूत आवश्यकता पाउनबाट वञ्चित हुन नहुने बताए । अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले नेपालमा व्यवस्था परिर्वतन भए पनि कार्यशैलीमा सुधार नदेखिएको उल्लेख गरे । तत्कालीन संविधानसभा सदस्य नारायणी शर्माले संविधानमा व्यवस्था भएको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताए ।
सो अवसरमा नेकपाका जिल्ला नेता धनेन्द्रराज घिमिरेले मानवाधिकारको प्रत्याभूतिका लागि राजनीतिक शक्ति जनताको अधिकारका निम्ति सधैँ जिम्मेवारीका साथ अघि बढेको बताए । नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले आफ्नो पार्टी लोकतन्त्र र मानवाधिकार रक्षा निम्ति सधैँ जिम्मेवार रहेको बताए । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पार्टी र विचारपिच्छे मानवाधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार