जापानी अर्बपति चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजी गर्दै
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २१:३८:२०
१९ फागुन, एजेन्सी । जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।
उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निस्शुल्क हुने पनि बताएका छन् । डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ। उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ।
उनीहरू जुनसुकै गतिविधिमा भए पनि उनीहरूले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ र त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्ने बीबीसीमा प्रकाशित समाचार उल्लेख गरिएको छ ।
फेशन दुनियाँका ती धनाढय र कला संकलकले यात्राका लागि यसअघि आफूले कलाकारहरूलाई आमन्त्रण गर्न चाहेको बताएका थिए।
तर अब भने यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिने उनले बताएका छन्। गत वर्ष, उक्त यात्रामा आफूसँग समावेश हुनका लागि उनले नयाँ केटीसाथीको पनि खोजी गरेका थिए तर पछि उनले त्यो योजना रद्द गरे।
Get your FREE TICKET to the MOON!!
8 crew members wanted. Sign up today! ??? #dearMoon https://t.co/P0vEZ6k8Xg— Yusaku Maezawa (MZ) (@yousuckMZ) March 2, 2021
सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले उनीहरूले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो। सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार