विद्युतीय भुक्तानी सीमा अब दोब्बर, इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख लेनदेन गर्न मिल्ने
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २२:४२:१४
१९ फागुन, काठमाडौं । विद्युतीय माध्यमबाट नगद लेनदेन बढ्दै जाँदा यसलाई अझ सहज बनाउन नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै दोब्बर बनाएको छ।
बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाइएको जनाएको हो।
अब मोबाइल बैंकिङबाट प्रतिदिन दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले जनाएको छ।
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ।
राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो। राष्ट्र बैंकले एजेन्ट वा सब(एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना एक लाख रुपैयाँ सीमा तोकेको छ।
बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँको सीमा राष्ट्र बैंकले तोकेको छ। यस्तै, राष्ट्र बैंकले वालेटबाट वालेटबाहकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा तोकेको छैन।
राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो। मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने छन्।
राष्ट्र बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ३० लाख रुपैयाँ कायम गरेको छ। इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार