पत्रकारले कोभीड खोपबारे गलत हल्ला फैलाए : डा. सबिता
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २३:२६:५१
मिना कंडेल
१९ फागुन, काठकाडौं । मध्यबिन्दु जिल्ला अस्पतालकी मेडिकल अधिकृत डा. सबिता लम्सालले राष्ट्रको चौथो अगं मानिएको संचारकर्मीले खोप लगाएता पनि कोराना खोपको विषयमा नकारात्मक भ्रम फैलाएको बताएकी छिन् ।
उनले पत्रकारले फैलिएको भ्रममा परि खोप लगाउन डराउनु दुःखत कुरा भएको बताएकि छिन् । उनले संचारकर्मी सवैले खोप लगाउनु पर्नेमा डा. लम्सालले जोड दिइन् । आफुले लगाउने र समाजमा सकरात्मक सन्देश फैलाउन पनि उनले आग्रह गरिन् ।
पुर्वी नवलपरासीमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २३ गते बाट सुरु हुने भएको छ । दोस्रो चरणको खोप अन्तरगत ५५ बर्षमाथिका जेष्ठ नागरिक, सार्वजनिक तथा निजी विद्यालयका शिक्षक, प्राध्यापक, सार्वजनिक तथा निजी सवारी चालक तथा सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेकाहरु करिब ४४ हजार जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए ।
सरकारले कोराना विरुद्धको खोप अभियान थाले पनि पछिल्लो समय मानिसमा मनोवैज्ञानिक रुपमा खोपले असर पुयाउँछ कि भन्ने डरले गर्दा लक्ष्य अनुसार खोप लगाउन नसकीएको पुर्वी नवलपरासीका प्रमुख चापागाईको भनाई छ ।
कोभीडसँग सम्वन्धित संक्रमणबाट जोगिन र शरीरमा भाइरसबाट प्रतिरक्षा गर्न फलदायी हुने भएकाले खोप लगाउन डराउनु नपर्ने बताएका छन् ।
कोभिड–१९ खोप लगाएपछि कसैलाई केहि असर देखियो जस्तो भए पनि ढुक्क भएर खोप लगाउन मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. सबिता लम्सालले आग्रह गरेकी छिन् । कोभिड–१९ खोपको विषयमा विभिन्न किसिमका भ्रमहरु फैलिए पनि खोपले नराम्रो असर नगर्ने लम्सालले बताइन् ।
चापागाईंका अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरेर खोप लगाउने तयारी गरिएको हो । नवलपुरमा ४४ हजारलाई लक्षित गरी दोस्रो चरणको खोप लगाइदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार