लक्ष्यभन्दा रु ४४ करोड बढी राजस्व सङ्कलन
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बिहिबार १:२५:११
१९ फागुन, विराटनगर । अन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु एक अर्ब ६४ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब २० करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु ४३ करोड ८५ लाख राजस्व बढी सङ्कलन गरेको छ ।
यो लक्ष्यको तुलनामा ३६ दशमलव २८ प्रतिशत बढी भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । कार्यालयका अनुसार सो अवधिमा आयकरतर्फ रु ४२ करोड १५ लाख लक्ष्य लिएकोमा रु ४९ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै मूल्यअभिवृद्धिकरतर्फ रु ३३ करोड १८ लाख लक्ष्य लिएकोमा सो अवधिमा रु ४९ करोड १७ लाख र अन्तःशुल्कतर्फ रु ३९ करोड लक्ष्य लिएकोमा रु ६२ करोड राजस्व सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षका लागि कूल रु दुई अर्ब २८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा सो अवधिमा ठूलो उपलब्धि हासिल भइसकेकाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न अहिले तथ्याङ्क नियाल्दा कुनै समस्या नरहने प्रमुख बरालको दाबी छ । कूल तीन हजार ५०० सेवाग्राही भ्याटमा दर्ता भएको र पान लिनेको सङ्ख्या पनि उल्लेखनीय रहेको जानकारी दिँदै उनले गएको पुषबाट आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा पनि कर तिर्न एवं दाखिला गर्ने व्यवस्था भएपछि अब सेवाग्राहीलाई कुनै समस्या नहुने बताए।
आन्तरिक राजस्व कार्यालयको कोशी अञ्चलको धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा पनि सेवा कार्यालय भएकाले पहाडी एवं दूर्गम क्षेत्रमा सेवाग्राहीलाई सेवा लिन कुनै समस्या नभएको बताइएको छ । आन्तरिक राजस्व कार्यालय धरानले अब उप्रान्त धरान उपहानगरपालिका र बराह क्षेत्र गाउँपालिकाको वडा नं १ देखि ७ सम्मका सेवाग्राहीलाई मात्र सेवा प्रदान गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार