एलपिएल : हिमालयन ह्याइट हाउसको जीत
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बिहिबार १:३४:४७
१९ फागुन, सुदूरपश्चिम । धनगढीमा जारी ‘लिटल फ्लावर प्रिमियर लिग’ ‘एलपिएल’राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई पराजित गरेको छ । हिमालय ह्वाइट हाउसले शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गरेको हो ।
दुई खेलमा दोस्रो जीत निकालेको हिमालय ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । टस जितेर ब्याटिङ पहिले गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९२ रन बनायो । उसका लागि दीपक बोहराले ९३ र सुदीप बस्नेतले २३ रन बनाए । शारदाका अरुण धाँमीले दुई तथा नागराज सिंह र दीपक रोकायाले एक-एक विकेट लिए ।
दोस्रो इनिङमा जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । शारदाका लागि दिनेश ओडले ९० र अर्जुन साउदले २३ रन बनाए । ह्वाइट हाउसको जीतमा सन्दिप जङ्ग शाहीले चार र रजत तिमिल्सिनाले दुई विकेट लिए । आजै भएको अर्को खेलमा कैलालीको बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई छ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १११ रन जोडेको थियो ।
न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । न्यू एकेडेमीका लागि समीर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
बलिङतर्फ बालबाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल विक्रम केसी र हेमन्त बुढाले समान दुई÷दुई विकेट लिए । कमल ओलीले एक विकेट लिए । न्यू एकेडेमीले दिएको ११२ रनमा लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर तीन बलमा लक्ष्य भेट्टायो ।
बालबाटिकाको जीतमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराटसिंह भण्डारीले ३० रनको योगदान दिए । बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक÷एक विकेट लिए । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार