चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १६:४९:४
२० फागुन,नवलपुर । चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ‘वन र जीविकोपार्जन पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले वनजङ्गल र जैविक विविधतालाई संरक्षण गरी उचित मात्रामा प्रयोग गर्नसके दिगो जीविकोपार्जन गर्न सकिने बताए । उनले वन्यजन्तु मुलुकको महत्वपूर्ण निधि भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । भावी सन्ततिलाई देखाउनका लागि पनि वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको पाण्डेले बताए ।
समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले चोरी शिकारीमा संलग्न ४० वर्षमुनिका हुने गरेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जको अपराध अनुसन्धान शाखाबाट प्राप्त भएको तथ्याङ्कअनुसार पक्राउ परेकामध्ये ९० प्रतिशत मानिस ४० वर्षमुनिका भएको बताए । आपराधिक गतिविधिमा संलग्न हुने युवाको समूह धेरै भएको भन्दै केसीले युवालाई संरक्षण शिक्षा प्रदान गरेर परिचालन गरेमा चोरी शिकारी नियन्त्रण गर्न सकिने बताएका छन् ।
केही दिन पहिले मात्रै चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिङ्गे गैँडा मारेको अभियोगमा जिल्लाका विभिन्न स्थानबाट अरोपी पक्राउ गरेको थियो । जिल्लाबाट पक्राउ परेका सबै आरोपित ४० वर्षभन्दा कम उमेरका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न माग गर्दै परिवारको प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार