पूर्वतयारीबिनै आगलागी नियन्त्रण गर्छन नागरिक
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १७:२५:४४
२० फागुन,बलेवा । “लौन वनमा आगो लाग्यो, बाहिर निस्क”, यही फागुन १० गते दिउँसो ३ बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालीन्, “पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो, लौन निभाउनुप¥यो”, उनले आगो निभाउनका लागि अनुरोध गर्दैगर्दा न त उनीहरुसंग पूर्वतयारी थियो न सामग्री नै । त्यो दिन गलकोटका तीन सामुदायिक वनमा आगलागी भयो ।
आगलागीका कारण झण्डै १०० हेक्टर क्षेत्रफलमा फैलिएका सामुदायिक वनको ६० हेक्टर क्षेत्रफलमा रहेका बुट्यान डढेलोका कारण जलेर नष्ट भएको प्रारम्भिक तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ । वनमा लागेको आगो बस्ती नजिकै फैलिन थालेपछि चिन्तामा रहेका स्थानीय र प्रहरीको सक्रियतामा १८ घण्टापछि नियन्त्रणमा आएको थियो । पूर्वतयारीबिनै आगो नियन्त्रणका लागि स्थानीय खटिए ।
रातभरि अग्निरेखा काटेपछि बल्ल आगो नियन्त्रणमा आयो । भैँसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो । आगलागीको कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले बताए ।
उता वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको वन उपभोक्ता समितिका अध्यक्षसमेत रहेकी थुमकुमारी थापाले जानकारी दिइन् । गलकोटमा आगलागी भएको सात दिनपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको माझकटेरी सामुदायिक वनमा भीषण आगलागी भयो । वनमा लागेको आगो बस्ती नजिक आउन थालेपछि स्थानीयवासी नियन्त्रणका लागि कस्सिए । आगोले १०० हेक्टर जमिनमा रहेका बुट्यान मासेपछि मात्रै आगो नियन्त्रणमा आयो । स्थानीयवासीले अग्निरेखा बनाएरै आगो नियन्त्रणमा लिएको स्थानीयवासी बावुराम भण्डारी दाबी गर्छन् । आगलागीले मासेको वन क्षेत्रको प्रारम्भिक तथ्याङ्कमात्रै डिभिजन वन कार्यालयमा आएको छ ।
धम्जाको आगो निभाउनका लागि सदरमुकाममा रहेको विपत् व्यवस्थापन गुल्म पुग्नुपरेको थियो । भौगोलिक हिसाबले ढाटा रहेको गुल्मको तालिमप्राप्त समूह पुग्ने बेलासम्म आगो धेरै फैलिइसकेको थियो । फागुन १८ गते जैमिनी र बाग्लुङ नगरपालिकाको सीमा क्षेत्रको वनमा आगलागी भयो । जैमिनी–१ को तारेभिर, लजुकेनी अर्खलापाटा सामुदायिक वन क्षेत्र नजिकैबाट फैलिएको आगो बाग्लुङ नगरपालिका–१२ अमलाचौरको निजी वन क्षेत्रमा समेत फैलियो । त्यहाँको आगो नियन्त्रणका लागि समेत अग्निरेखा महत्वपूर्ण सावित भयो ।
गर्मीयाम शुरु हुनैलाग्दा बाग्लुङमा भएका आगलागीका प्रतिनिधि घटना मात्रै हुन् । यो मौसममा बाग्लुङमा हरेक वर्ष हजारौँ हेक्टर जमिनमा आगलागी हुने गरेको छ । “विपद् व्यवस्थापन कोष छ, प्रकोपसँगका सबै समस्यासँग जुध्ने त्यहीँबाट हो”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा भन्नुहुन्छ, “आगलागी नियन्त्रणका लागि छुट्टै योजना छैन ।”
यहाँका वनक्षेत्र अधिकांश बस्तीको नजिकै पर्छन् । वनमा लागेको आगो समयमा नियन्त्रण नहुँदा बस्तीमा ठूलो क्षति हुने सम्भावना रहने बाग्लुङ नगरपालिका–१२ का स्थानीयवासी हरि पौडेल बताउछन् । वनसँग सम्बन्धित काम गर्ने कार्यालय अन्य काममा अल्मलिने र स्थानीय तहको चासो कम हुँदा वन हुँदै बस्ती पस्ने आगलागीका कारण ठूलो क्षतिको सम्भावना छ । “हामी उद्यममा अल्झिएका छौँ, प्रदेश मातहत चल्ने भएपछि वनभन्दा अन्य कामको लोड कार्यालयमा छ”, डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले भने, “स्थानीय तह र हामीबीच वनको अधिकार क्षेत्रका विषयमा रहेको विमतिले पनि समस्या पैदा भइरहेका छन् ।”
कार्यालय सामुदायिक वनका लागि डढेलो नियन्त्रणका लागि सामग्री उपलब्ध गराउने तयारीमा छ । कार्यालयले दिने सामग्रीको प्रयोग विधि र ज्ञानको अभाव र भूगोलका कारण स्थानीयवासीलाई आगो नियन्त्रणमा समस्या हुने गरेको छ । बाग्लुङमा ५२६ सामुदायिक वन छन् । ३२ हजार ९८६ हेक्टरमा फैलिएको वन क्षेत्रमा मुख्य गरी १० प्रकारका वन्यजन्तु र सात प्रकारका पक्षी पाइने गरेको तथ्याङ्क वन कार्यालयसँग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार