३८ लाख हिंसा पीडित नागरिकलाई मानवीय सहायता प्रदान
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १९:२२:५३
२० फागुन, काठमाडौं । इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै त्यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो ।
त्यहाँका अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पनि उपलब्ध गराइएको बताइएको छ । इथियोपियाको प्रधानमन्त्री कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।
सो क्षेत्रमा टिगरे पिपुल्स लिबरेसन फन्टको सशस्त्र विद्रोह रहेको थियो । हाल पनि सो क्षेत्रमा उक्त फन्टको विद्रोह जारी रहेको छ । उक्त विद्रोहमा परेर हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने अरु हजारौँ सो क्षेत्रबाट विस्थापित भएर अन्यत्र सरेका छन् ।
त्यसैले सो क्षेत्रमा सरकारी निकायका अधिकारीको उपस्थिति पनि हुन दिइएको छैन । जसका कारण यहाँका स्थानीय नागरिक द्वन्द्वको चपेटामा परेका छन् र खाद्यान्न लगायतका अरु अत्यावश्यकीय साधनको अभावमा परेका छन् ।
त्यहाँका सरकारी निकायको तथ्यांकअनुसार इथियोपियामा अझै पनि करिब ४५ लाख मानिसलाई तत्कालै खाद्यान्न लगायतका आवश्यकीय सामग्रीको खाँचो छ । तीमध्ये अधिकांश नागरिक हिंसाको चपेटामा परेका नागरिक हुन् । टिगरेको द्वन्द्वका कारण मात्र त्यहाँका करिब २२ लाख मानिस विस्थापित भएका छन् । उनीहरु कतिपय इथियोयामा नै शरणार्थी भएर रहेका छन् भने अरु कैयौँ नागरिक विस्थापित भएर विदेशिन बाध्य भएका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार