भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १९:१९:१६
२० फागुन,दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेकाले भविष्यमा पटकपटक आयोग नबन्ने गरी वर्तमान आयोगले नै सबै समस्या समाधान गर्ने दाबी गरेका छन् ।
“विगतमा आयोग गठनमा त्रुटी भएका कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको छ । वर्तमान सरकार परिवर्तन भए पनि आयोग विघटन हुँदैन”, अध्यक्ष ज्ञवालीले भने, “भूमि र आवास सम्बन्धी अधिकार संविधानको मौलिक हकमासमेत समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्न पर्दैन् ।”
उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने बताउँदै उनले कसैले ढाँटेर र छलेर जग्गा प्राप्त गर्न खोज्छ भने त्यसलाई कानूनी कारवाही गरिनेछ भजेका छन् । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विगतमा धेरै आयोग बनेपनि भूमिसम्बन्धी समस्या यथावत् रहेकाले भविष्यमा यस्ता समस्या नदोहोरिने गरी काम गर्नुपर्ने बताए । उनले भानु नगरपालिकामा भूमिहीन, सुकुम्वासी र अव्यवस्थितको समस्या जटिल रहेकाले सम्बन्धित सबै पक्ष मिलेर समाधान गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले अहिले स्थानीय तहमा लगत सङ्कलनको काम भइरहेको बताउँदै वास्तविक भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई समयमै निर्धारित स्थानमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरे । भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले नगरपालिकामा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २३१ घर निर्माण भएको, जनता आवास कार्यक्रमअन्तर्गत ३५ जना लाभग्राही छनोट भएको र त्यसमध्ये २८ जनाले तेस्रो किस्ताबापतको रकम लिएर आवास निर्माण गरिरहेको जानकारी दिए ।
तनहुँका ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पहिलो चरणमा सम्झौता गरी लगत सङ्कलनको कार्य भइरहेको छ । दोस्रो चरणमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा सम्झौता हुन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार