उमेरलाई चुनौती दिने मोडल संसारकै हट हजुरआमा
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २०:२७:२७
२० फागुन, एजेन्सी । गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा चिनिन्छिन् । उनलाई देखेर उनी ५० वर्षकी हुन् भन्ने विश्वास लाग्दैन । पछिल्लो पोस्टमा त उनी स्कुले केटीजस्तै देखिएकी छिन् । मिनिस्कर्टमा उनको यो फोटोमा फ्यानहरुको लाइकको ओइरो लाग्यो ।
गिनाले डेलीस्टारसँग कुरा गर्दै आफ्नो यो लुकका केही रहस्य खोलेकी छिन् । उनले शारीरिक अभ्यास र स्वस्थ खानाजत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हुने बताएकी छिन् । उनले भनिन् ‘म यसमा मस्तिस्कको शक्ति पनि उत्तिकै हुन्छ भन्ने विश्वास गर्छु । दिमागमा शान्ति कायम गर्नु, कुन कुराले मलाई तनाव दिन्छ भन्ने कुराको पहिचान गर्नु र त्यो तनाव सकेसम्म कम गर्दा पनि स्वस्थ र सुन्दर रहन सकिन्छ ।’
उनले अगाडि भनिन् ‘म अत्याधिक उत्साहित वा तनावमा भएँ भने मैले आफैंभित्र शान्तिपूर्ण वातावरण सृजना गर्छु । म सकारात्मक सोचको शक्तिमा विश्वास गर्छु र नकारात्मकतालाई घटाउने वा हटाउनेतर्फ ध्यान दिन्छु ।’ आफूलाई जवान राखिराख्न यी हजुरआमा नियमित पैदल हिँड्छिन्, पर्याप्त पानी पिउँछिन् र स्वस्थकर खाना खान्छिन् । उनले भनिन् ‘म समुद्र किनारमा बस्छु र समुद्रछेउमा नाङ्गो खुट्टाले हिँड्छु । दिनमा १० हजार पाइला पर्याप्त हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार