आइतबार , बैसाख ५, २०७८

नयाँ चलचित्र प्रेमगञ्जलाई कलाकार चाहियो ?

नयाँ चलचित्र प्रेमगञ्जलाई कलाकार चाहियो ?

२० फागुन, काठमाडौं। चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज को लागि कलाकारको खोजी गरिएको छ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगाएत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ हुन् । निर्माण पक्षले अडिसनबाट नै चलचित्रका नायक, नायिका चयन गर्ने बताएको छ । यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय