कर्णाली करिडोरमा पुन यातायात सञ्चालन
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २१:३०:३३
२० फागुन,मान्म । कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडास्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द फेरी पुनःसञ्चालनमा ल्याइएको हो ।
सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो । जितेबजार क्षेत्रमा फेरी सञ्चालनमा ल्याइएको फेरी निर्माणको सहजीकरण गरेका स्थानीयवासी अनन्त बरालले बताएका छन् । उनले भने, “कर्णाली करिडोरमा चल्ने सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो । साना तथा ठूला सवारीसाधन ओसारपसारमा स्थानीयवासीलाई सास्ती हुने गरेको थियो ।”
पुनःनिर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्नेछ । सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदीमा गत वर्ष असारको अविरल वर्षापछि बगेकाले नौ महिनापछि पुनःसञ्चालनमा आएको हो । कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालीकोटसम्म गाडी भित्र्यानुपर्ने अवस्था थियो । जितेबजारबाट बग्दै गएको कर्णाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार