मधेशमा पस्न रोके पनि खेतमा पानी पस्न नरोक्नु : ओली
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २१:३५:३१
२० फागुन, सिन्धुली । प्रधानमन्त्री केपी ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गएको बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे । उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए ।
‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ । उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफुलाई पस्न नदिएपनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार