शुक्रबार , बैसाख १०, २०७८

पीएसएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित

पीएसएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित

२० फागुन, एजेन्सी । पाकिस्तान सुपर लिग ‘पीएसएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले बिहीबार लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको कारण जारी प्रतियोगिता स्थगित गरिएको हो । सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्लो समय खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो । यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए ।

सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो । लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय