गोदावरी सडक चार वर्षमा भौतिक प्रगति ५० प्रतिशत
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १५:४३:१६
२१ फागुन, काठमाडौं । ललितपुरको कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । निर्माण शुरु भएको चार वर्षमा पनि सडक निर्माणको प्रगति अझै कम छ । सडकको मापदण्डमा परेका १२० घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।
विगत वर्षहरुमा स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागेर काम शुरु गर्न दिएका थिएनन् । सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि मात्रै निर्माण अघि बढाइएको छ । गत वर्षदेखि निर्माण पुनः सञ्चालन गरे पनि कोभिड–१९ र निर्माण सामग्री अभावले बाधा पुगेको उनले बताए। उनले भने, “यी समस्या हटेकाले अहिले निर्माण भइरहेको छ ।”
सडकको चौडाइ बढाउन खोज्दा लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । दुई फरक– फरक ठेक्कामार्फत निर्माण अघि बढाइएकामा एउटाको प्रगति ४५ प्रतिशत र अर्को ठेक्काको प्रगति ५५ प्रतिशत रहेको छ ।
चार वर्ष पहिले २० मिटर चौडा गर्नै गरी ठेक्का सम्झौता भए पनि अहिले त्यसभन्दा धेरै कम चौडाइमा निर्माण अघि बढाइएको छ । बाँडेगाउँबाट गोदावरी कुण्डसम्म १६ मिटर चौडाइ कायम भएको आयोजनाका प्रमुख गुरु अधिकारीले जानकारी दिए ।
कर्मनाशा खोलाबाट बाँडेगाउँसम्मको सडकमा चौडाइ त्यसभन्दा कम छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको मापदण्डभन्दा कम चौडाइमा सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका सांसदबीच गत वर्ष नै सहमति भएको थियो ।
सात दशमलव छ किलोमिटर लम्बाइको सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । निर्माणस्थल खाली नभएकै कारण निर्माण कम्पनीले निर्माण अघि बढाउन पाएका थिएनन् ।
उक्त सडकजस्तै उपत्यकामा नौ सडक निर्माणाधीन छन् । विस्तारका क्रममा रहेकामध्ये पाँच सडक ललितपुर, तीन काठमाडौं र एक भक्तपुरका छन् । तीमध्ये सम्झौता अवधि सकिँदासम्म कुनै पनि सडक अहिलेसम्म निर्माण सम्पन्न भइसकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
मुग्लिन–पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
चैत २८, २०८० बुधबार
ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार