श्रीकृष्ण लुइँटेल बोकेदारीले ल्याए ‘मर्गेली हम’
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १७:३१:२५
२१ फागुन, ईटहरी । नेपाली संगीत आकाशमा माया, प्रेम र बिछोडका गीतले ढाकिएको छ । कुनै बेला थियो कमेडी गीतले पनि बजार तात्ने । अहिले, कमेडी गीतको बजार लाग्नै छाड्यो भन्दा फरक नपर्ला । तर, यदाकदा भने कमेडी गीत अहिले पनि सार्बजनिक भैरहेका छन् ।
यस्तैमा कलाकार तथा कमेडी गीत गाउदै ‘बोकेदारी’ उपनाममा लोकप्रिय भएका श्रीकृष्ण लुइँटेलले कमेडी गीत युट्युबमा सार्बजनिक गरेका छन् । लुइँटेल यतिबेला आफ्नो कठिन अवस्थालाई पनि सहजता तुल्याउदै हास्य शैली समालेर निरन्तर लागिरहेका छन् ।
उनका गीतमा कमेडिका कुरा मात्रै नभएर केही समसामयिक सन्देश तथा जनजीवनका कुराहरू समेटिएका हुन्छन् । सुरुवातदेखि अहिलेको अवस्था सम्मपनी उनी आफ्नो हास्य बिधाबाट अलिकति पनि नडगमगाई अघि बढ्दै सफलता कमाईरहेका छन् । सार्बजनिक उनको स्वरमा रहेको ‘मर्गेली हम’ गीतमा पनि सामान्य जनजीवनमा भैपरी आउने घट्नाक्रमलाई रमाईलो ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो वनेको छ ।
थारु भाषाबाट ‘मर्गेली हम’ शव्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेश गर्दै जड्याहा परिवारको पोल खोल्दै गरिबी भित्र पिल्सिएर महँगीमा नेपालिले भोग्नुपरेको कथाब्यथालाई पनि गीतमा रमाईलो ढंगले प्रस्तुत गरिएको छ । गीतमा तास खेल्नेहरुको पनि बिरोध गरिएको छ । धन र निधनको कुरा गर्दै मान्छेको मरण भएपछिको प्रसङ्गमा ‘अब आउने पिढिले के सिक्छ रु’ भन्दै प्रश्न खडा गरिएको छ ।
५ मिनेट २ सेकेन्ड लामो गीत कमेडी धारको भएपनी गहन बिषयमाथी तयार गरिएको छ । गीतका शब्दहरू हरिगोपाल अधिकारीले कोरेका छन भने संगीत श्रीकृष्णले नै भरेका छन् । जोनि योन्जनले एरेन्ज गरेको गीतलाई सनलाईट म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोमा श्रीकृष्ण आफै फिचर्ड छन भने उनी संगै कृष्ण भन्डारी लगायत अन्य कलाकारहरु पनि देखिएका छन् ।सुबाश लिम्बू मेन्यान्बोले छायांकन तथा सम्पादन गरेको भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका हुन् । भिडियोलाई लुइँटेलको आफ्नै ‘बोके दारी मिडिया अफिसियल’ नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार